समाचार

भोलि नेकपा एकीकृत र राष्ट्रिय जागरण परिषद् बीच पार्टी एकता

१५ पुष २०७८, बिहीबार ११:२७
भोलि नेकपा एकीकृत र राष्ट्रिय जागरण परिषद् बीच पार्टी एकता

१५ पुस, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसदको सबैभन्दा ठूलो दल नेकपा विभाजित भएको थियो । त्यसयता वामपन्थी पार्टीहरुमा विभाजन र एकीकरणको सिलसिला रोकिएको छैन ।

प्रतिनिधिसभा विघटन र एमसीसीका कारण उत्पन्न राजनीतिक ध्रुवीकरणले पछिल्लो समय पार्टीहरु टुट्ने र मिल्ने शृंखला नै शुरु भएको छ ।यसैबीच साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद् माधवकुुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी बीच पार्टी एकता हुने भएको छ ।

केहि दिन अघि नेकपा एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टीबीच एकता भएको थियो । नेकपा (जनवादी)का नेताहरु २०६२ सालमा  माओवादीबाट बाहिरिएका थिए । जनवादी पार्टी नेतृत्व देवेन्द्रसिंह महताले गरेका थिए ।

भण्डारी कुनैबेला राष्ट्रिय जनमोर्चामा रहेका केही समय एमालेमा थिए । तर, एमालेले एमसीसीको पक्ष लिएको भन्दै असन्तुष्ट भण्डारीले गत वर्ष जागरण परिषद् गठन गरेका थिए ।

उनै भण्डारी नेतृत्वको जागरण परिषद् एकीकृत समाजवादी बीच पार्टी एकता हुने भएको छ । दुई पार्टीबीच एकीकरण गर्न भोलि काठमाडौंको अर्याल होटलमा एकता घोषणासभा आयोजना गरिएको बताइएको छ ।

 नेकपा एकीकृत र नेकपा जनवादी पार्टीबीच एकता

प्रतिक्रिया दिनुहोस्