ओली र रावलबीच के–के कुरा भयो ?



३० साउन, काठमाडौँ । लामो समयदेखि पार्टीका गतिविधिमा निष्क्रिय रहेका नेकपा एमाले नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

१०औँ महाधिवेशनपछि असन्तुष्ट रहेका एमाले नेता रावलको मंगलबार पार्टी कार्यालय च्यासलमा अध्यक्ष ओलीसँग भेट भएको हो। भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीसँग सामान्य भलाकुसारी मात्रै भएको उनले बताएका छन्। ‘भेट नभएको धेरै भएको थियो। एकअर्कासँग भलाकुसारी भयो। देशको स्थिति, पार्टीको अवस्था कस्तो छ, आफ्ना सोच दृष्टिकोण कस्ता छन् भन्ने कुरा भयो,’ उनले भने, ‘फेरि कुराकानी गरौँ भन्ने मात्र भयो।’

रावल एमालेमै रहे पनि कुनै पनि जिम्मेवारीमा छैनन् । पछिल्लो समय उनी पार्टीका गतिविधिमा निष्क्रिय नै छन् । जिम्मेवारी दिनेबारे के छलफल भयो भन्ने क्रममा रावलले भने – ‘होइन, हामीले अघि नै भनेका थियौं । धेरै लामो समयपछि भेटघाट भएको हो । अब उहाँ पार्टीको अध्यक्ष, अध्यक्षसँग धेरै देश–विदेशको बारेमा जानकारी हुन्छ । सूचना हुन्छ । अब म पनि अध्ययन गरिरहेको मान्छे । आफ्ना विचारहरू अहिलेको स्थिति के छ, कस्तो छ भन्ने कुराकानी भयो । अब फेरि कुराकानी गरौंला भन्ने भयो । यतिमात्रै भयो ।’

गत चुनावमा ओलीले रावललाई प्रत्यक्षतर्फ उम्मेदवार बन्न टिकट दिएका थिएनन्। एमालेका पूर्वउपाध्यक्ष रावलले एमाले नेतृत्वको आलोचना गर्दै आएका थिए। गत चैतमा रावलसँग संवाद गर्न उपाध्यक्ष बिष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन भएको थियो।

नेकपा एमाले वाग्मती प्रदेश अधिवेशन आजबाट

सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे पनि अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको

सुन तस्करी प्रकरण : उच्चस्तरीय आयोग गठनबारे एमालेसँग छलफल हुँदै

शुक्रबारको छलफलमा एमालेले ६१ किलोसहित भेपमार्फत तस्करी भएको सुनको समेत सुक्ष्म छानविन गर्नेगरी

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको छ भने केही उच्च अदालतमा बढुवा भएका

गृह मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता

असोज ३ गते शिक्षा विधेयक संशोधनसँगै नेपाल शिक्षक महासंघले १८ बुँदे माग राखेर

 सामाजिक सञ्जालमा हामी