गण्डकी प्रदेशसभा बैठक स्थगित



२९ साउन,काठमाडौं । सोमवार दिउँसो १ बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक मंगलवारका लागि सरेको छ ।

‘बिजनेश’ नभएपछि गत बिहीवार डाकिएको बैठक पनि सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो ।   प्रदेशसभा सचिवालयले मंगलवार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने जानकारी सूचनामार्फत दिएको छ ।

विपक्षी दल नेकपा एमालेले सरकारले प्रदेश सभालाई बिजनेश दिन नसकेको जनाएको थियो । सोमवारको बैठक पनि विशेष कारण देखाउँदै स्थगित गरिएको हो । अब बस्ने बैठकमा विषयगत समिति गठनको विषयले प्रवेश पाउने प्रदेशसभा सचिवालयका कानून अधिकृत कुमार रिजालले बताए ।

नेकपा एमाले वाग्मती प्रदेश अधिवेशन आजबाट

सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे पनि अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको

गमगढी बजारमा आगलागी, ८ घर जले

क्षतिको यकिन विवरण आउन बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक

बाँके जिल्ला कारागार जीर्ण

४ असोज, न्यूयोर्क । नेपालगञ्जस्थित बाँके जिल्ला कारागारको भवन पुनर्निर्माण नहुँदा जीर्ण बन्दै गएको

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा विष्णु पौडेल पक्षका कँंडेल विजयी

शनिवार शुरू प्रदेश अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

 सामाजिक सञ्जालमा हामी