विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्छ : मन्त्री बस्नेत



२७ साउन, चितवन । काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्ने बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज यहाँ आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग आवश्यक भएको उल्लेख गरे ।

“विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव छ”,  मन्त्री बस्नेतले भन्नुभयो । विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा प्राधिकरणले महत्वपूर्ण योगदान गरेको उनले उल्लेख गरे । विद्युत्को खपत बढाउन र विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि विद्युतीय सामाग्रीको प्रचारप्रसारमा लाग्नुपर्ने मन्त्री बस्नेतको भनाइ थियो ।

प्राधिकरणले आगामी भदौ १ गते आफ्नो ३८औँ वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवको अवसरमा प्राधिकरणले साताव्यापी विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

नेकपा एमाले वाग्मती प्रदेश अधिवेशन आजबाट

सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे पनि अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको

भाइबहिनीसँग शेखरको गुनासो- साथ पाएको भए सभापति जितिन्थ्यो

उनले कोइराला परिवारका सदस्यहरुको स्मरण शक्ति निकै राम्रो भएको दाबी गर्दै बीपी कोइरालाले

पार्टी एकता गर्दा नामका विषयमा छलफल गर्न सकिने माओवादी केन्द्रको निर्णय

संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का सांसदहरुलाई संसदको बैठक र विषयगत

शेखर कोइरालाले बोलाए आफू पक्षको बैठक

कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ। उक्त बैठकमा सामूहिक रूपमा

 सामाजिक सञ्जालमा हामी