सिन्धुलीमा प्याराग्लाइडिङ सुरु



२६ साउन, सिन्धुली । सिन्धुलीमा पहिलो पटक व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको छ । यही साउन २२ गतेदेखि प्याराग्लाडिङ नियमित सञ्चालनमा आएको हो । वैशाख १२ गते पहिलो पटक परीक्षण उडान सफल भएको थियो ।

कमलामाई नगगरपालिका–६ लक्ष्मण चोक नजिकै रहेको प्रयास होटल प्रालिले र रु दुई करोडको लगानीमा व्यावसायिक प्याराग्लाडिङ सञ्चालनमा ल्याएको कम्पनीका सञ्चालक नेत्रजङ्ग थापाले बताए ।

कम्पनीले एकै समयमा पाँच वटासम्म प्याराग्लाइडिङ गर्ने गरी नागरिक उड्डयन प्राधिकरणसँग इजाजत पाएको छ । पाइलट दिलकुमार सुनुवार, विक्रम सुनुवार र शङ्कर थापा मगरले उडान भर्ने छन् ।

प्याराग्लाइडिङ गर्नका प्रतिव्यक्ति रु छ हजार पाँच सय शुल्क तोकिएको छ । जिल्लाका स्थानीयवासीलाई भने एक महिनासम्मका लागि रु एक हजार छुट गरिएको छ ।

प्याराग्लाइडिङको अवधिभरको फोटो तथा भिडियो, सिन्धुलीमाढी बजार क्षेत्रदेखि प्याराग्लाइडिङ उड्ने ठाउँसम्म र ल्यान्डिङ स्टेशनदेखि प्रयास होटलसम्मको ल्याउने र पुर्याउने सुविधासमेत यसै शुल्कअन्तर्गत रहेको कम्पनीका सञ्चालक थापाको भनाइ छ ।

प्याराग्लाइडिङ अवतरणका लागि जर्सेदमार, रातमाटा र खुलामञ्चलाई ल्यान्डिङ स्टेशन बनाइएको छ । प्याराग्लाइडिङको टेक अफ साइट समुद्री सतहबाट नौ सय ७० मिटर उचाइमा छ ।

प्याराग्लाइडिङ टेक अफ साइटबाट करिब एक हजार मिटर माथिसम्म उड्नेछ । यस्तै प्याराग्लाइडिङको ल्यान्डिङ स्टेशन समुद्री सतहबाट चार सय मिटरको उचाइमा छ ।

यहाँ साहसिक खेलका रूपमा लिइने प्याराग्लाडिङको मज्जा लिन आउने पर्यटकले जिल्लाको प्राकृतिक सौन्दर्य, मनोरम वातावरण, होचाअग्ला डाँडापाखा र थुम्काथुम्कीका लोभलाग्दा दृश्य देख्न सक्नेछन् ।

यसले सिन्धुलीको प्रचारप्रचार तथा समृद्ध जिल्ला बनाउन सहयोग पुग्ने पनि विश्वास लिइएको छ ।

भक्तपुरमा एक वर्षमा एकलाख ६७ हजार पर्यटक आए

नगरपालिकाले समय समयमा सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा, प्रभातकालीन सम्पदा पदयात्रा, स्थानीय पथप्रदर्शकलाई तालिम

आमनागरिकलाई सूसुचित गर्ने दायित्व सरकारको हो : सञ्चारमन्त्री शर्मा

मन्त्री शर्माले सरोकारवाला व्यक्ति एक ठाउँमा बसी अन्तरक्रिया गर्ने, सबैमा भएका अनुभव ज्ञान,

चालक अनुमतिपत्रका लागि आवेदन दिन तीन सातामा चार लाख

काठमाडौं: लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार

बाइडेन-सी बैठकको तयारी: अपेक्षा अनेक-सम्भावना कम

एजेन्सी। हाल द्वीपक्षीय सम्बन्ध चिसिदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्र

 सामाजिक सञ्जालमा हामी