कैदी मृत्यु प्रकरण : संखुवासभा कारागारका नौ कैदी नियन्त्रणमा



२६ साउन, काठमाडौं । जिल्ला कारागार संखुवासभामा कैद भुक्तान गरिरहेका दुईजना कैदीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले नौजना कैदीमाथि अनुसन्धान थालेको छ ।

कारागारमा रहेका मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले कैदीबन्दी तोलाङ्गी र बलामीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको बताए ।

जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे नेतृत्वको छानबिन समिति बनाएको छ। मृतक तोलाङी जबरजस्ती करणी मुद्दामा १८ वर्ष र बलामी चोरी मुद्दामा ३ वर्षको कैद भुक्तानी गरिरहेका थिए। उनीहरू एक वर्षदेखि जिल्ला कारागारमा सजाय काटिरहेका थिए।कारागारबाट भाग्न राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर निस्किने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएको उनको भनाइ छ। कारागारका अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले भने प्रहरीले दुवैजनालाई कुटपिट गरेको बताउँदै आएका छन्।

प्रहरीविरुद्ध कारागारभित्रका कैदीबन्दीले नाराबाजी र प्रदर्शनसमेत गरेका छन्। दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने कैदीबन्दीको माग छ। दुवैजना एक वर्षदेखि कारागारमा थिए।

यस घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति समेत गठन गरिएको छ।

नेकपा एमाले वाग्मती प्रदेश अधिवेशन आजबाट

सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे पनि अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको

गमगढी बजारमा आगलागी, ८ घर जले

क्षतिको यकिन विवरण आउन बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक

बाँके जिल्ला कारागार जीर्ण

४ असोज, न्यूयोर्क । नेपालगञ्जस्थित बाँके जिल्ला कारागारको भवन पुनर्निर्माण नहुँदा जीर्ण बन्दै गएको

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा विष्णु पौडेल पक्षका कँंडेल विजयी

शनिवार शुरू प्रदेश अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

 सामाजिक सञ्जालमा हामी