काठमाडौँको कथामा बनेको चलचित्र ‘महानगर’ को ट्रेलर सार्वजनिक



२५ साउन, काठमाडौंनेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौँ) को दृश्यसहितको प्रचार सामग्री (ट्रेलर) सार्वजनिक गरिएको छ ।

चलचित्रका मुख्य कलाकार अभिनेता कार्म र अभिनेत्री मेनुका प्रधान वरिपरि घुमेको ट्रेलरले महानगरको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ ।

सानो घटनाका कारणसँगै भएका दुई चरित्रको जीवनमा एक रातले ल्याएको परिवर्तनलाई चलचित्रमा उतारिएको लेखक तथा निर्देशक मोहन राईले जानकारी दिए । उनले भने, ‘विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई देखाउने कोसिस गरेका छौँ । यहाँ बाहिरिया भएर बाँच्नु र सङ्घर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ । मेरो यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतारुँ भन्ने सोचले चलचित्र तयार गरेँ तर, खासमा यो ‘ह्युमन कनेक्सन्’ र ‘होप’ बारेको चलचित्र हो ।’

चलचित्रमा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेल आदि कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा नरेन्द्र मैनालीले छायाङ्कन, परीक्षित झाले सम्पादन, किशोर आर्चायले ध्वनि सम्पादन तथा पुष्पासङ्गमले सङ्गीत सिर्जना गरेका छन् ।

‘एक भगवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ,

भेनिसको फोटोकलमा सौगात, सृष्टि र विपिन

भेनिसबाट प्राप्त ताजा तस्वीरमा फिल्मको कास्ट एण्ड क्रिउ हर्षित मुद्रामा प्रस्तुत भएका छन्

शाहरुख खानले संसार घुमे तर काश्मिर भने कहिल्यै घुमेनन्

शाहरुखले अगाडि भने, ‘मेरो बुबाले भन्नुभयो- म बिना अरु दुईलाई हेर तर म

अक्षय कुमारले पाए भारतको नागरिकता

सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रकाे तस्बिर शेयर गर्दै उनले याे जानकारी दिएका हुन्

 सामाजिक सञ्जालमा हामी