‘शिशुका लागि पहिलो ‘भ्याक्सिन’ आमाको दूध’



२० साउन, काठमाडौँ । सन् १९९२ देखि शुरू गरिएको विश्व स्तनपान सप्ताह मनाउन थालेको ३१ वर्ष पुगेको छ । अगस्त १–७ सम्म मनाइने सप्ताहका अवसरमा कर्णाली प्रदेशमा सप्ताहव्यापी कार्यक्रम शुरू गरिएको छ ।

‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिबद्धता’ भन्ने नाराका साथ शुरू गरिएको सप्ताहको सन्दर्भमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले पत्रकारहरूसँग अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले स्तनपानको महत्व, यसको योगदान, नेपाल तथा कर्णालीको अवस्था, यसले पारेको प्रभाव र सरोकारवालाहरूले पूरा गर्नुपर्ने भूमिका सम्मिलित कार्यपत्र प्रस्तुत गरिन् । कार्यक्रममा प्रस्तोता भट्टराईले स्तनपानसम्बन्धी महत्वपूर्ण जानकारी, यस क्षेत्रमा थालिएको अभियान र गरिएका प्रयासबारे अवगत गराइन् ।

उनले भनिन् “विगतको स्तनपान गराउने विधि, तरिका, सोच र शैलीमा फरक आएको छ । आज धेरै आमाहरुले शिशु जन्मेको कति समयपछि दूध खुवाउनुपर्छ ? बिगौती दूधको महत्व के हुन्छ ? बच्चालाई दूध पुगे/नपुगेको थाहा पाउने कसरी ? भन्नेबारे सजिलै जानेका छन् । तर पनि अन्य प्रदेशभन्दा कर्णालीमा स्तनपानको अवस्था कमजोर छ ।” यसको कारण भनेकै शैक्षिक र आर्थिक कमोजरी भएको अधिकृत भट्टराईको भनाइ थियो ।

अन्तरक्रियामा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक डा रबिन खड्काले शिशुका लागि पहिलो भ्याक्सिन आमाको दूध भएको ठोकुवा गरे । ‘स्तनपान, अमृत समान’ त्यसै भनिएको होइन । शिशुका लागि आमाको दूध जत्तिकै संसारमा अरू केही छैन र यसलाई तुलना गर्न मिल्दैन,” उनले भने । पछिल्लो समयमा अप्राकृतिकरूपमा शिशुलाई खुवाइने दूधलाई प्रतिस्थापन गर्न विश्वले स्तनपान सप्ताह मनाउँदै आएको निर्देशक डा खड्काले बताए । सिजेरियन सेक्सन (सिएस) गर्दा दूध नआउने र अप्राकृतिक रूपमा दूध खुवाउने क्रम बढिरहेको जनाउँदै उनले यसको हुनुमा भौतिक, मनोवैज्ञानिक र स्थानगत अवस्था प्रमुख कारण भएको जिकिर गरे ।

“विना लगानीको कार्य आमाले गराउने स्तनपान हो यद्यपि आमामाथि भने लगानी गर्नुपर्दछ”, निर्देशक खड्काले भने, “पछिल्लो समयमा नेपाल सरकारले शिशुको स्तनपानका लागि सबै सरकारीदेखि सार्वजनिकस्थलमा स्तनपान कक्षको नीति ल्याएको छ ।” यद्यपि कर्णालीका एकादबाहेक सरकारी कार्यालयमा स्तनपान कक्ष स्थापना नगरिएको उनले बताए ।

स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले नेपालमा स्तनपानभन्दा मद्यमान कक्ष बढी भएको व्यङ्ग्य गरे । उनले भने, “हामी प्राकृतिकबाट अप्राकृतिकतर्फ गइरहेका छौँ । अनि कसरी हृष्टपुष्ट नागरिक उत्पादन हुन सक्छ ?”  यसले गर्दा प्राकृतिक स्तनपान प्रतिस्थापन गर्ने विरुद्ध सजाय गर्ने गरी सरकारले कानुन बनाउनुपर्ने बाध्यता आइलागेको प्रमुख गौतमको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घ सुर्खेतका सचिव ललित बुढाले राजनीतिक दलहरूको कार्यालय स्तनपानमैत्री छन् वा छैनन् विषयमा ध्यान दिनुपर्ने बताए । “यसको सुरुआत नीति निर्माण गर्ने नेतृत्व तहबाट हुनुपर्छ,” उनले भने, “त्यसपछि कार्यान्वयन तहमा काम गर्नेहरुले अनिवार्यरुपले गर्छन् ।”

गृह मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता

असोज ३ गते शिक्षा विधेयक संशोधनसँगै नेपाल शिक्षक महासंघले १८ बुँदे माग राखेर

सरकार र आन्दोलनरत शिक्षकबीच आज निर्णायक वार्ता

महासंघका अन्य मागहरुमा राहत, करार लगायतका अस्थायी दरबन्दीमा कार्यरत शिक्षकहरुलाई स्थायी गरिनुपर्ने भनिएको

शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

गत वर्षको तथ्याङ्कअनुसार हाल देशभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय रहेका

आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द

आफना मागहरू सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर

 सामाजिक सञ्जालमा हामी