चितवनमा ४० हजार चालकलाई कारबाही



१९ साउन, स्याङ्जा गत आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम उल्लंघन गर्ने ४० हजार ६६४ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । चालकलाई कारबाही गर्नेक्रममा ३ करोड ४५ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन गर्ने, निषेधित क्षेत्रमा सवारी पार्किङ गर्ने, तीव्रगतिमा सवारी चलाउने लगायत ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा ट्रक तथा टिप्परका चालक ७ हजार ७५, बस तथा माइक्रोबसका चालक ४ हजार १९४, जीप तथा कारका चालक ७ हजार ७१२, ट्रयाक्टर चालक १ हजार ६०९, मोटरसाइकल तथा स्कुटर चालक १३ हजार १०७ र टेम्पो तथा अटोरिक्सा लगायत सवारीसाधनका चालक ६ हजार ९६७ रहेका जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए ।

गत आवमा ३०३ सवारीसाधन दुर्घटनामा परेका थिए । सो क्रममा ७८ जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा १७० जना गम्भीर र ४११ जना सामान्य घाइते भएका उनले बताए । सबैभन्दा बढी जिल्लाका भित्री सडकमा १४१, पूर्वपश्चिम राजमार्गमा ६४, नारायणगढ–मुग्लिन सडकखण्डमा ५७, पृथ्वी राजमार्गमा २३ र जिल्लाका शहरी सडकखण्डमा १८ सवारीसाधन दुर्घटनामा परेका ट्राफिक प्रहरीले जनाएको छ ।

नेकपा एमाले वाग्मती प्रदेश अधिवेशन आजबाट

सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे पनि अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको

सार्वजनिक सवारीको भाडा घट्यो

भाडाका अन्य सावारी साधानको भाडा घटाए पनि ट्याक्सीको भाडा भने घटाइएको छैन ।

बहुवर्षीय योजनाको मापदण्ड नहुँदा समस्या: मुख्यमन्त्री जम्कट्टेल

भौतिक पूर्वाधार विकास मन्त्रालयको समीक्षा बैठकमा उनले मापदण्डविना नै अघिल्ला वर्षमा हालिएको बहुवर्षीय

नक्कली लाइसेन्स बनाउने र बैंकिङ कसुरका फरार व्यक्ति समातिए

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौँले पक्राउ गरी फैसला कार्यान्वयनका

 सामाजिक सञ्जालमा हामी