बाँझो जमिनमा सामूहिक खेती र सहकारी खेती गरिनेछ : मन्त्री भुसाल



७ जेठ, अर्घाखाँची। कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले बाँझो जमिनमा सामूहिक खेती र सहकारी खेती गरेर उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको बताएका छन् ।

नेपाल  पत्रकार महासङ्घ अर्घाखाँचीले गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको उल्लेख गर्दै बाँझो जमिनमा एकल खेती नभइ सामूहिक तवरको खेती गरिने जानकारी दिए ।

पहिले जस्तो गोरुले जोतेर कोदाली खनेर गरिने खेतीको लागत मूल्य बढ्ने भएकाले व्यावसायिकीकरण र यान्त्रिकीकरणबाट उत्पादन बढाउनु अहिलेको आवश्यकता रहेको उनले बताए ।

मन्त्री भुसालले भने, ‘पहिले खाद्यान्न निर्यात गर्थ्यौँ, अहिले खाद्यान्न आयात गर्छौँ । त्यसलाई प्रतिस्थापन गर्ने हाम्रो पहिलो लक्ष्य हो । सबैभन्दा बढी उब्जाउ क्षेत्र तराई हो । तराईमा सिँचाइको व्यवस्थापन गरेर कृषिमा व्यावसायिकीकरण गरेर खाद्यान्न निर्यात गर्ने लक्ष्य सरकारको रहेको छ ।’

कृषिबाट उत्पादन भएको धान, मकै, गहुँलगायतका खाद्य सामग्रीको मूल्य उत्पादन हुनुभन्दा पहिले नै तोकिने उनको भनाइ थियो । उनले  यसभन्दा पहिला उत्पादन भएपछि धानको तथा उखुको मूल्य निर्धारण हुँदै आएकामा अब बाली लगाउनुभन्दा पहिले नै मूल्य निर्धारण हुने जानकारी दिए ।

भ्रष्टाचार र कमिसनको जालो तोड्नुपर्छ- गृहमन्त्री श्रेष्ठ

प्रेस सेन्टरको साधारणसभाले ११ बुँदे गोरखा घोषणापत्र जारी गरेको छ । प्रेस तथा

नीति तथा कार्यक्रममा नयाँ सोच, सङ्कल्प र प्रतिबद्धता छ : जनार्दन शर्मा

उनले मासिक ४० हजारभन्दा कम आम्दानी भएका नागरिकलाई सहुलियतमा स्वास्थ्य सेवा र विशिष्ट

एमाले सांसद शाहीले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन

उनको अभिव्यक्तिप्रति कांग्रेसकी सांसद इश्वरी न्यौपानेले संसदमा बोल्दै गर्दा मर्यादित भाषामा बोल्नुपर्ने बताइन्

अर्थतन्त्र सुधारका लागि फजुल खर्च कटौती गर्नुपर्छ : पौडेल

सम्मेलनमा समुदायबाट सञ्चालित पार्कलाई लगाइएको मूल्यअभिवृद्धि कर, उपभोक्ता समितिबाट हुने निर्माणका सम्बन्धमा रहेका

 सामाजिक सञ्जालमा हामी