एमाले सांसद शाहीले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन



७ जेठ, काठमाडौं। नेकपा एमालेका सांसद दयालबहादुर शाहीले असंसदीय भाषा प्रयोग गरेको भन्दै सत्ता र प्रतिपक्षका सांसदबिच भनाभन भएको छ।

कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्री पाण्डेको नाम लिएर सत्ता स्वार्थको निम्ति बीपीको सिद्धान्त छोडेको, अनुशासन र आस्था छोडेको भनेका थिए । अहिले कांग्रेसका ती नेता असहिष्णु र युवालाई आस्थाबाट विमुख गराएको आरोप लगाएका थिए ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद शाहीले संसदीय मर्यादा उल्लंघन हुने शब्द बोलेको भन्दै सांसदहरूले आपत्ति जनाएपछि सभामुखको पदमा आसिन उपसभामुख इन्दिरा रानामगरले ती शब्द हटाउन निर्देशन दिएकी हुन् ।

उनी बोलिरहेकै बेला नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सभामुखमार्फत हरेक विषय संसदमा भन्नुपर्ने भए पनि उनले त्यसो नगरी नेताहरुको नामै लिएर अपमान गरेको भन्दै नियमापत्ति गरेकी थिइन्। उनले नियमापत्ति गरेपछि एमालेका सांसदहरुले पनि बिरोध गरेका थिए।

सांसद शाहीले प्रधानमन्त्री प्रचण्डलाई लक्षित गरी ‘अधिनायकवादी तानाशाही’ भनेपछि माओवादीका सांसदहरुले टेबलसमेत ठोकेका थिए। यसैगरी शाहीले कांग्रेसका दुई महामन्त्रीको नाम लिँदै गहतको झोलमा जात फालेको आरोप लगाएका थिए।

उनको अभिव्यक्तिप्रति कांग्रेसकी सांसद इश्वरी न्यौपानेले संसदमा बोल्दै गर्दा मर्यादित भाषामा बोल्नुपर्ने बताइन् । उनले भनिन्, ‘संसदमा बोल्ने कुरा सभामुखमार्फत् भन्नुपर्छ तर व्यक्ति व्यक्तिपिच्छे भनिराख्नुभएको छ ।’

उनको भनाइपछि सांसद शाहीले आफूले आदार गर्ने व्यक्तिको नाम लिएको भन्दै अपमान नगरेको प्रष्ट्याए ।

जनताले महसुस गर्ने गरी काम गर्छौ : मुख्यमन्त्री पाण्डे

नेपाली कांग्रेस बागलुङले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले आगामी नयाँ आर्थिक वर्षमा आउने

भ्रष्टाचार नियन्त्रणमा शिक्षकको अहम् भूमिका : मन्त्री गुरुङ

नेपाल शिक्षक सङ्घ चितवनका अध्यक्ष इन्दिरा मरहठ्ठाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक सेवा आयोगबाट

इमरान खानपछि पाकिस्तानका पूर्वविदेशमन्त्री कुरैशी पनि पक्राउ

‘मलाई प्रहरी गिरफ्तार गर्न आएको छ। गिरफ्तारी दिनुअघि म एउटा सन्देश दिन चाहन्छु,’

चिनियाँ राष्ट्रपति सी मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमणमा जाने

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यस बारे जानकारी दिनु भएको

 सामाजिक सञ्जालमा हामी