‘जारी’ फिल्मलाई गाउँगाउँमा लगेर देखाउनुस्- मन्त्री किराती



१९ वैशाख, काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले फिल्म ‘जारी’ हेरेपछि यसलाई गाउँगाउँमा लगेर देखाउन निर्मातालाई सुझाव दिएका छन् । सोमबार बेलुका कमलपोखरीस्थित बिग मुभिजमा ६ बजेको शो हेरेका उनले पूरै समय बसेर चाखपूर्वक फिल्म हेरे ।

सोमबार बेलुका कमलपोखरीस्थित एक चलचित्र भवनमा सो सकिएपछि उनले निर्माण समूहलाई मौलिक कथालाई पर्दामा ल्याएको भन्दै धन्यवाद र बधाई दिए । “मूल्यमा बाँचेको समाज र संस्कृति, क्रमशः कृत्रिम हुँदै गएको सम्बन्धलाई मौलिकतामा फर्काउने जीवन र जगत्को सुन्दर प्रस्तुति हेरियो”, मन्त्री किरातीले भने ।

फिल्मले आफूलाई बालापनमा लगेको, आफू त्यही संस्कृतिमा हुर्किएको प्रतिक्रिया पनि दिएको पोखरेलको भनाइ छ । फिल्म हेरेपछि मन्त्री किरातीले फेसबुकमा स्टाटस पनि पोस्ट गरेका छन् । उनले लेखेका छन्, ‘मूल्यमा बाँचेको समाज र संस्कृति, क्रमशः कृत्रिम हुँदै गएको सम्बन्धलाई मौलिकतामा फर्काउने जरा, जीवन र जगतको सुन्दर प्रस्तुति ‘जारी’ हेरियो ।’

 “मन्त्री किरातीले बालापनमा लगेको, त्यही संस्कृतिमा हुर्किएको बताउनुभएको थियो । हामीले हरेक वर्गको दर्शकमार्फत यस्तै प्रतिक्रिया पाइरहेका छौँ”, निर्माता पोखरेलले भने।

टूरिजम फेस्टिभलको प्रवचन कर्ण शाक्यले गर्ने

काठमाडौं — बैशाख १ र २ गते हुने टुरिजम फेस्टिभलको ‘पर्यटन प्रवचन’ व्यवसायी

कलाकार दम्पतीको चित्रकला प्रदर्शनी

यो चित्रमा मूलत: प्रकृति र पुरुषको संयोजनलाई आकर्षक रङमा बनाइएको छ । अर्को

थिएटर अवार्डमा विमल सुवेदीको नाटक

नेपाली कथा विश्व रङ्गमञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित उनले नाटक भारतको अखोका थिएटरका भिक्टर

निफमा पैँतिस देशका ९५ चलचित्र

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र प्रतिस्पर्धामा छन् । चिनियाँ

 सामाजिक सञ्जालमा हामी