नेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य



१६ वैशाख, काठमाडौँ। एसिसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलको खेलमा नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरमा भएको खेलमा भने कुवेतले जम्मा ८.३ ओभर ब्याटिङ गरेका कारण डीएलएस प्रणालीबाट पनि निर्णय हुन सकेन । नेपाल समूह विजेता भएर सेमिफाइनल पुगेका आधारमा विजेता घोषित गरियो । तर वर्षाले खेल नरोकिँदासम्म भएको प्रदर्शनका आधारमा भने नेपाल जितको हकदार थियो ।

टस हारेर नेपालले ब्याटिङ गर्दा २३.२ ओभरको खेल सकिँदा वर्षाका कारण स्थगित भएको थियो । त्यसपछि पानी पर्न छाडेपछि खेललाई ४२ ओभरमा घटाइएको थियो । नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २८१ रन बनाएको थियो । डीएलएस प्रणालीका आधारमा कुवेतले २८१ रनको लक्ष्य पाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे। उनले ९४ रन जोडे। ९५ बल खेलेका रोहितले ७ चौका र ३ छक्का प्रहार गरे। कुशल मल्लले पनि अर्धशतक प्रहार गर्न सफल भए। कुशलले ४४ बलमा समान ४-४ चौका र छक्का हिर्काउँदै ५७ रन जोडे। ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे। दुईबीच १०.५ ओभरमा ७७ रनको साझेदारी भयो।

तर बलरले उत्कृष्ट प्रदर्शन गर्दा नेपाल जिततर्फ उन्मुख थियो । ८.३ ओभरमा ३७ रन बनाउँदा कुवेतले ६ विकेट गुमाइसकेको थियो । तर त्यति नै बेला वर्षा भएर खेल स्थगित हुन पुग्यो ।

सन्दीपले भने-यो जिन्दगीले कहाँ लैजानेछ थाहा छैन ?

मंगलबार भएको फाइनलमा नेपालले यूएईलाई सात विकेटले पराजित गरेको हो । त्यससँगै घरेलु

कुवेतविरुद्ध ब्याटिङमा नेपाल

समूह 'ए' को विजेताको रुपमा सेमिफाइनल आएको नेपालले समूहमा मलेसियालाई ६ विकेटले र

एसिसी प्रिमियर कपमा आज नेपाल कतारसँग भिडदै

नेपाल विजयी हुँदा शीर्ष स्थान तथा पराजित हुँदा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रतिस्पर्धा

यु–१६राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको विजयी सुरुआत

प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नुभएको थियो । सुदूरपश्चिम प्रादेशिक

 सामाजिक सञ्जालमा हामी