भेरीमा दुई दिनमा तीन सङ्क्रमितको मृत्यु



नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई दिनको अन्तरालमा तीन कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

दुई दिनदेखि अस्पतालमा उपचाररत बर्दिया बढैयाताल गाउँपालिका–४ निवासी ४५ वर्षीया महिलाको गए राति मृत्यु भएको हो । जिल्ला कोभिड सङ्कट व्यवस्पान केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार यही कात्तिक २५ गते पिसीआर गर्दा सङ्क्रमण पुष्टि भएपछि उनीलाई अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।

यसैगरी कैलाली लम्कीचुहा नगरपालिका–५ निवासी ७७ वर्षीय पुरुष र दाङ निवासी ४५ वर्षीया महिलाको शनिबार नै कोरोनाबाट निधन भएको थियो । यससँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा ४३१ जनाको कोरोनाबाट मृत्यु भएको छ । रासस

यस्ता छन् स्ववियु सभापतिका उम्मेदवार हिक्मत सिंहका प्रतिबद्धता

सभापतिका उम्मदेवार हिक्मत सिंहले ८ वटा प्रतिबद्धता पुरा गर्ने विद्यार्थीलाई बताएका छन् ।

५०० मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिँदै

२८ कार्तिक, काठमाडौँ । त्रिपुरेश्वर आँखा अस्पतालले ५०० मोतियाविन्दुको शल्यक्रियाका लागि निःशुल्क आँखा

 सामाजिक सञ्जालमा हामी