रारा बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका तामाङ निर्वाचित



६ चैत्र, मुगु । जिल्ला सदरमुकाम गमगढी बजारको नाउरमा रहेको रारा बहुमुखी क्याम्पसको अध्यक्षमा नेविसंघका राज तामाङ विजयी भएका छन् । उनले १ सय १७ मत प्राप्त गरी स्ववियु अध्यक्षमा पदमा विजयी भएका हुन् भने ।

तामाङका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुकी बैदेवी बुढाले ७२ मत ल्याइन् । यस्तै सचिवमा नेविसंघका असल बिक निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, कोषाध्यक्षमा अनेरास्ववियुकी बसन्ती रोकाया निर्वाचित भएकी छन् । सदस्यमा नेविसंघका पंचदेवी सेजुवाल र सपना रावल विजय भएका छन् । रारा बहुमुखी क्याम्पसमा कुल मतदाता संख्या २ सय ६० मध्ये २ सय ७ जना मतदानमा सहभागी रहेको निर्वाचन अधिकृत लालकेशर रोकायाले जानकारी दिए ।

भ्रष्टाचार र कमिसनको जालो तोड्नुपर्छ- गृहमन्त्री श्रेष्ठ

प्रेस सेन्टरको साधारणसभाले ११ बुँदे गोरखा घोषणापत्र जारी गरेको छ । प्रेस तथा

बाँझो जमिनमा सामूहिक खेती र सहकारी खेती गरिनेछ : मन्त्री भुसाल

कृषिबाट उत्पादन भएको धान, मकै, गहुँलगायतका खाद्य सामग्रीको मूल्य उत्पादन हुनुभन्दा पहिले नै

नीति तथा कार्यक्रममा नयाँ सोच, सङ्कल्प र प्रतिबद्धता छ : जनार्दन शर्मा

उनले मासिक ४० हजारभन्दा कम आम्दानी भएका नागरिकलाई सहुलियतमा स्वास्थ्य सेवा र विशिष्ट

एमाले सांसद शाहीले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन

उनको अभिव्यक्तिप्रति कांग्रेसकी सांसद इश्वरी न्यौपानेले संसदमा बोल्दै गर्दा मर्यादित भाषामा बोल्नुपर्ने बताइन्

 सामाजिक सञ्जालमा हामी