प्रजातान्त्रिक विचार समाजद्वारा राष्ट्रपतिलाई बधाई तथा शुभकामना



६ चैत्र,काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेललाई प्रजातान्त्रिक विचार समाजले राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा समाजका अध्यक्ष केदारनरसिंह केसी र वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले राष्ट्रपतिसमक्ष अभिनन्दनपत्र हस्तान्तरण गरेका छन् ।

सो अभिनन्दनपत्र समाजका सचिव वासुदेव भण्डारीले वाचन गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले प्रजातान्त्रिक विचार समाजले लोकतन्त्र र मुलुकलाई अप्ठ्यारो पर्दा सचेतकको भूमिका निर्वाह गरेको बताए ।

सो कार्यक्रममा नेपाल चिकित्सक सङ्घका नवनिर्वाचित अध्यक्ष डा अनिल कार्की, समाजका उपाध्यक्ष डा ईश्वरी लौडारी, कोषाध्यक्ष पुष्पमान श्रेष्ठ, बागमती प्रदेश संयोजक भरत दवाडी, लुम्बिनी प्रदेश संयोजक शङ्कर दिवस मजगैया, गण्डकी प्रदेश संयोजक प्रा डा अकलदेव मिश्र, केन्द्रीय सदस्यहरू प्राडा भुपेन्द्र बस्नेत, डा वीरबहादुर कार्की, कृष्ण केसी, सिवी मल्ल, मेनुका राजभण्डारी, राजन कुइँकेल र जानुका पन्त, आजीवन सदस्य अञ्जु केसीलगायतको सहभागिता रहेको थियो ।

भ्रष्टाचार र कमिसनको जालो तोड्नुपर्छ- गृहमन्त्री श्रेष्ठ

प्रेस सेन्टरको साधारणसभाले ११ बुँदे गोरखा घोषणापत्र जारी गरेको छ । प्रेस तथा

बाँझो जमिनमा सामूहिक खेती र सहकारी खेती गरिनेछ : मन्त्री भुसाल

कृषिबाट उत्पादन भएको धान, मकै, गहुँलगायतका खाद्य सामग्रीको मूल्य उत्पादन हुनुभन्दा पहिले नै

नीति तथा कार्यक्रममा नयाँ सोच, सङ्कल्प र प्रतिबद्धता छ : जनार्दन शर्मा

उनले मासिक ४० हजारभन्दा कम आम्दानी भएका नागरिकलाई सहुलियतमा स्वास्थ्य सेवा र विशिष्ट

एमाले सांसद शाहीले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन

उनको अभिव्यक्तिप्रति कांग्रेसकी सांसद इश्वरी न्यौपानेले संसदमा बोल्दै गर्दा मर्यादित भाषामा बोल्नुपर्ने बताइन्

 सामाजिक सञ्जालमा हामी