कृषि ज्ञान केन्द्र कालीकोटका १२ कर्मचारीविरुद्ध भ्रष्टाचार अभियोग



६ चैत्र,काठमाडौं।सरकारी स्रोतबाट प्राप्त भएको रकम दुरुपयोग गरी गलत प्रतिवेदन बनाइ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र कालिकोटका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित १२ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सरकारी अनुदानको पेश्की रकममा सम्झौता बमोजिम काम नगरी हिनामिना गरेको भन्ने उजुरीमाथि छानबिन गर्दा आयोगले भ्रष्टाचार भएको फेला परेको जनाएको छ । आयोगले तत्कालीन निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेत, खाँडाचक्र नगरपालिका कालीकोटका तत्कालीन इञ्जिनीयर सुमित भट्ट, खानेपानी तथा ऊर्जा विकास कार्यालयका तत्कालीन सव इञ्जिनीयर गुरुराज सज्याल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

उनीहरु विरुद्ध आयोगले रु ६६ लाख ५० हजार बराबरको बिगो दाबी गरेको छ । यस्ते, मूल्याङ्कन समितिका पदाधिकारी हरिप्रसाद पण्डित श्रीधर अधिकारी, दीपकुमार भण्डारी, हीरानन्द देवकोटा, अनुप तिवारी, पूर्णबहादुर थापा र होमनाथ लम्सालले कुनै वस्तुनिष्ठ आधार तयार नभएको र निमित्त कार्यालय प्रमुख बस्नेतले पेस गरेको प्रतिवेदन सदर गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।

यस्तै, आयोगले सिमनाथ कृषि विकास सहकारी संस्था कालीकोटका अध्यक्ष कमलबहादुर शाही र कोषाध्यक्ष सुरेन्द्रबहादुर शाही र सहकारी संस्थाविरुद्ध पनि रु ६६ लाख ५० हजार बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

भ्रष्टाचार र कमिसनको जालो तोड्नुपर्छ- गृहमन्त्री श्रेष्ठ

प्रेस सेन्टरको साधारणसभाले ११ बुँदे गोरखा घोषणापत्र जारी गरेको छ । प्रेस तथा

बाँझो जमिनमा सामूहिक खेती र सहकारी खेती गरिनेछ : मन्त्री भुसाल

कृषिबाट उत्पादन भएको धान, मकै, गहुँलगायतका खाद्य सामग्रीको मूल्य उत्पादन हुनुभन्दा पहिले नै

नीति तथा कार्यक्रममा नयाँ सोच, सङ्कल्प र प्रतिबद्धता छ : जनार्दन शर्मा

उनले मासिक ४० हजारभन्दा कम आम्दानी भएका नागरिकलाई सहुलियतमा स्वास्थ्य सेवा र विशिष्ट

एमाले सांसद शाहीले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन

उनको अभिव्यक्तिप्रति कांग्रेसकी सांसद इश्वरी न्यौपानेले संसदमा बोल्दै गर्दा मर्यादित भाषामा बोल्नुपर्ने बताइन्

 सामाजिक सञ्जालमा हामी