चक्रवात फ्रेडी : मलावीमा मृत्यु हुनेको सङ्ख्या ४३८ पुग्यो, उद्धार कार्य जारी



४ चैत्र, मलावी। चक्रवात फ्रेडीबाट प्रभावित मलावीको दक्षिणी क्षेत्रमा थप मृत शरिर फेला परेपछि पछिल्लो अपडेटअनुसार मारिनेको सङ्ख्या कम्तीमा ४३८ पुगेको मलावीको विपद् व्यवस्थापन मामिला विभागले जनाएको छ ।

विभागले गत बिहीबार आफ्नो पाँचौँ अपडेट दिँदै आँधीका कारण ३२६ जनाको मृत्यु भएको करिब तीन लाख ४५ हजार व्यक्ति वा ७९ हजार घरपरिवार विस्थापित भएका जनाएको थियो ।

उनीहरूलाई राख्नका लागि ५०५ शिविरहरू स्थापना गरिएको छ । विभागका आयुक्त चाल्र्स कालेम्बाका अनुसार घाइते हुनेको सङ्ख्या ९१८ पुगेको छ भने अन्य २८२ जना हराइरहेका छन् ।

Department of Disaster Management Affairs of Malawi1679151332.png

तस्बिर : विपद् व्यवस्थापन मामिला विभाग/मलावी

आयुक्तले भने, ‘विभाग, मानवीय साझेदारहरू र परिषदहरूले मलावी रेड क्रस सोसाइटी र समुदायहरूको समन्वयमा खोजी र उद्धार कार्यहरू जारी राख्दै प्रभावित र विस्थापित परिवारहरूलाई राहत सहायताको प्रावधानमा सहजीकरण जारी राखेका छन् ।’

मलावीका राष्ट्रपति लाजरस चाक्वेराले यस हप्ताको सुरुमा विपत्तिको अवस्था घोषणा गरेपछि विदेशी नियोगहरू, सरकारहरू, स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरू, कम्पनीहरू र सद्भावना व्यक्तिहरूले मलावीलाई सहयोग गरिरहेका छन् ।

सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

सदस्यहरुमा अनेरास्ववियुकै भरत शाही ८५४, राधा रिजाल ८५९, गगन आले ८८४, रोकाय ८८८,

अब चार दिनभित्रै सरकारलाई पूर्णता दिन्छौं- प्रधानमन्त्री प्रचण्ड

आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आरामले सरकारले काम गर्ने प्रधानमन्त्रीले

सांसद भण्डारीको उपचारमा सरकारको खर्च झन्डै ५६ लाख

भण्डारी आफ्नै निवासमा भएको आगलागीमा परी घाइते भएका थिए । उनको नेपालमा उपचार

रारा बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका तामाङ निर्वाचित

त्यस्तै, कोषाध्यक्षमा अनेरास्ववियुकी बसन्ती रोकाया निर्वाचित भएकी छन् । सदस्यमा नेविसंघका पंचदेवी सेजुवाल

 सामाजिक सञ्जालमा हामी