‘अनलाइन प्रणालीको विकासले कारोबारमा सहजता’



४ चैत्र, काठमाडौैं । अर्थ मन्त्रालका राजस्व सचिव डा.रामप्रसाद घिमिरले नागरिक लागनी कोषले सञ्चालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोबारमा सहजता आएको बताएका छन् ।

कोषको ३३औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा  प्रमुख सचिव घिमिरले विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्याङ्क लिन थालेपछि त्रुटि कम हुन थालेको बताए । उनले अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोषप्रति आकर्षण बढ्दो क्रममा रहेको धारणा राखे ।

कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाले कोषले आफूलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ कार्य गरिरहेको बताए । उनले आगामी दिनमा देशको आर्थिक वृद्धिमा टेवा पुर्‍याउने एवं रोजगारी सिर्जना गर्न, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा लगानीलाई विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।

अध्यक्ष थापाले कर्मचारी विनियमावली अगाडि बढेको, कोषको स्रोत, साधनअनुसार कार्यरत कर्मचारीको सेवा सुविधा परिमार्जन हुँदै आएको बताए ।

कोषका कार्यकारी निर्देशक रमण नेपालले चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन रकम दुई खर्ब छ अर्ब १९ करोड रुपैयाँ रहेकोमा उक्त अवधिमा कोषले दुई  खर्ब पाँच अर्ब ६९ करोड रुपैयाँ लगानी गरेको बताए ।

कोषले लगानी गर्दा सुरक्षित र प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने विषयलाई उच्च प्राथमिकता दिएको उनको भनाइ छ ।

कार्यक्रममा नागरिक लगानी कोष कर्मचराी युनियनका अध्यक्ष सुरेश चालिसे र नेपाल वित्तीय संस्था कर्मचराी सङ्घका अध्यक्ष देवनारायण गुरागाईंले कोषले गर्नुपर्ने विषयमा व्यवस्थापनको ध्यानाकर्षण गराए ।

वाषिकोत्सव कार्यक्रममा २० वर्षे सेवा अवधि पूरा गरेका कर्मचारीलाई पदक र उत्कृष्ट कर्मचारीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

सदस्यहरुमा अनेरास्ववियुकै भरत शाही ८५४, राधा रिजाल ८५९, गगन आले ८८४, रोकाय ८८८,

अब चार दिनभित्रै सरकारलाई पूर्णता दिन्छौं- प्रधानमन्त्री प्रचण्ड

आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आरामले सरकारले काम गर्ने प्रधानमन्त्रीले

सांसद भण्डारीको उपचारमा सरकारको खर्च झन्डै ५६ लाख

भण्डारी आफ्नै निवासमा भएको आगलागीमा परी घाइते भएका थिए । उनको नेपालमा उपचार

रारा बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका तामाङ निर्वाचित

त्यस्तै, कोषाध्यक्षमा अनेरास्ववियुकी बसन्ती रोकाया निर्वाचित भएकी छन् । सदस्यमा नेविसंघका पंचदेवी सेजुवाल

 सामाजिक सञ्जालमा हामी