किन फर्फराउँछ आँखा ? यस्तो छ वैज्ञानिक र धार्मीक कारण



काठमाडौं: ज्योतिषका अनुसार हाम्रो शरीरको हरेक फरफराएको अंगले कुनै न कुनै संकेत दिने कोशिश गर्दछ । जब हाम्रो आँखा फर्फराउँछ तब यस अवस्थामा ज्योतिष शास्त्रका अनुसार हाम्रो शरीरले हामीलाई शुभ र अशुभ संकेत दिइरहेको हुन्छ ।

शुभ र अशुभ महिला र पुरुषको आँखा अनुसार पत्ता लाग्छ । शास्त्रमा महिला र पुरुष दुवैको अलग-अलग पक्षको आँखा फरफराउने स्थितिमा निर्भर गर्छ कि कुन पक्षको आँखा फर्फराउनु महिला र पुरुषको लागि शुभ हुन्छ । यसकारण आज यहाँ कुन आँखा फर्फराउनुको अर्थ शुभ या अशुभ हो भन्ने विषयमा चर्चा गरिएको छ ।

यस्तै पुरुषको बायाँ आँखा फर्फराउँदा अशुभ मानिन्छ भने महिलामा भने विशेष लाभ वा शुभ योगको संकेत मानिन्छ । महिलाको बाँया आँखा फर्फराएमा सुनचान्दी लगायत गहना वा कारोबारमा लाभ मिल्ने मान्यता छ ।तर सबै बेला आँखा फर्फराउनुमा शुभ संकेत नहुन पनि सक्छ । वैज्ञानिक कारण अनुसार आँखा फर्फराउनुमा निम्न कारण हुनसक्छ ।

  • आँखामा मांसपेशी सम्बन्धित समस्या हुँदा आँखा फर्फराउन सक्छ । लामो समयदेखि आँखामा यस प्रकारको समस्या देखिए आँखाको जाँच गर्नु पर्दछ ।
  • कतिपय अवस्थामा तनावका कारणले पनि आँखा फर्फराउन सक्छ । तनाव हुदाँ पूर्ण निन्द्रा नपुग्दालगायत कारणले यो समस्या हुन सक्छ । तसर्थ पूर्ण निदाउने प्रयास गर्नु पर्दछ ।
  • अत्यधिक थकान भए आँखामा समस्या भई यो समस्या हुन सक्छ । यसबाहेक आँखामा हुने थकान वा कम्यूटर, ल्यापटपमा बढी समय काम गर्दा पनि यस्तो समस्या देखिन्छ ।
  • आँखामा सुख्खापन भएमा पनि आँखा फर्फराउने समस्या हुन सक्छ । यस अलावा आँखामा एलर्जी भइ पानी आए, चिलाएमा पनि यो समस्या हुन सक्छ ।
खाली पेटमा भुलेर पनि नखानुस् यी खानेकुरा

सखरखण्ड खानमा निकै मिठो किन नहोस्, तर यो खाली पेटमा खाँदा कत्ति पनि

दूधसँग भुलेर पनि नखानुस् यी खाद्यवस्तु

के के कुरा दूधसँगै खाँदा स्वास्थ्यमा असर पुग्छ भन्ने विषयमा यहाँ चर्चा गरिएको

यस्तो छ जनैपूर्णिमाको महत्त्व

यसै दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइका दाहिने हातका नाडीमा दीर्घायु र सफलताको कामना गर्दै

ट्वाइलेटमा यस्ता गल्तीले डुबाउँछ तपाईको स्वास्थ्य

ट्वाइलेटमा फोनबिना बस्नै सक्नुहुन्न भने, ‘स्पिरिट’ ले फोनलाई बारम्बार सफा गर्नुहोस् । यसका

 सामाजिक सञ्जालमा हामी