खाली पेटमा भुलेर पनि नखानुस् यी खानेकुरा



काठमाडौं । कतिपय खानेकुराहरुले हामीलाई फाईदा गर्ने भएपनि आवश्यकताभन्दा बढी वा कुबेला खाएको खानाले पेटमा खराबी हुनेमात्रै नभएर विष समान हुन्छ । हामीले खाना खाने समयको पनि ध्यान राख्नुपर्छ ।

बिहान कुन खाने बेलुका कुन खाने भन्ने जान्नुपर्छ । खाली पेटमा सेवन गर्न नहुने यी कुराहरु निम्न छन् :

काँचो गोलभेंडा
काँचो टमाटर स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । तर, यसलाई एकबिहानै खाली पेटमा खानबाट बच्नुस् । किनकी यसमा रहेको अम्लले पेटमा रहेको ग्यास्ट्रोइंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ ।

केरा
केरा दूधसँग खायो भने वजन बढ्छ, तर यो खाली पेटमा खानु फाईदाजनक हुँदैन । किनकी यसबाट शरीरमा म्याग्निसियमको मात्रा दुई गुणा बढ्छ । शरीरमा रहेको क्याल्सियमसँग यसको रासायनिक प्रतिक्रिया हुन्छ । यसबाट अपच, पेट फुल्ने तथा एसिडको समस्या बढ्छ । त्यसैले केरा खाली पेटमा नखानु नै बेस ।

सोडा
ज्यादा कार्बोनेटका कारण एसिडको समस्या हुन्छ । खाली पेटमा सोडा खाँदा अम्लसँग मिलेर पेट दुख्ने समस्या बढ्न सक्छ । यसका अलावा छाति र आँतमा पनि जलन हुनसक्छ ।

सखरखण्ड
सखरखण्ड खानमा निकै मिठो किन नहोस्, तर यो खाली पेटमा खाँदा कत्ति पनि फाइदा गर्दैन । सखरखण्डमा टेनिन र पेक्टिन पाइन्छ, जसलाई खाली पेटमा खाँदा ग्यास्ट्रिकको समस्या बढ्छ । यसले जलन र पेट फुल्ने समस्या पनि निम्त्याउँछ ।

दूध हालेको चिया
बिहान उठेर चिया पिउनु त नेपालीको संस्कारजस्तै नै भइसक्यो । तर, तपाईं एकबिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने होसियार रहनुस् । यसले तपाईंको पेटमा ग्याँस्ट्रिकको समस्या बढाउँछ । एकबिहानै चिया पिउनै पर्यो भने पनि दूध नहालेको चिया पिउनु बेस हुन्छ ।

अल्कोहल
पहिलो कुरा त खाली पेटमा अल्कोहल खाँदा छिट्टैनै नशा लाग्छ । अर्कोतर्फ यसले आँतमा पनि निकै नराम्रो असर पुर्याउँछ । त्यसैले बिहान केही नखाइकन रक्सीसहित अल्कोहलजन्य पदार्थ नखाएकै बेस ।

औषधि
केहीलाई छोडेर प्राय औषधि खानापछि नै खाइन्छ । यसको कारण हो, औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्त्वहरुसँग सिधै मिलेर रासायनिक प्रतिक्रिया नहोस् । यदि यस्तो भयो भने यसले ठूलै समस्या पनि निम्ताउन सक्छ । त्यसैले तपाईंले कुनै औषधि सेवन गर्दै हुनुहुन्छ भने डाक्टरसँग अवश्य सल्लाह लिनुस् ।

दूधसँग भुलेर पनि नखानुस् यी खाद्यवस्तु

के के कुरा दूधसँगै खाँदा स्वास्थ्यमा असर पुग्छ भन्ने विषयमा यहाँ चर्चा गरिएको

बाटोमा भेटेको पैसा टिप्ने कि छाड्ने ?

यदि त्यो पनि सम्भव नभए कुनै परोपकारी काम, दान वा धार्मिक काममा लगाउन

विर अस्पातालका पाँच स्टाफ नर्सलाई स्वास्थ्य मन्त्रालयले हटायो

उनीहरू लामो समयदेखि कार्यालयमा हाजिर भएका थिएनन्। गोरखापत्रमा सूचना निकालेर बाटोको म्यादबाहेक ३०

नेपालमै एक युवाको पेटभित्र रक्सीको सिंगो बोतल भेटिएपछि…

काठमाडौं । नेपालमै एउटा अचम्मको घटना घटेको छ । एकजना २६ वर्षका युवाको

 सामाजिक सञ्जालमा हामी