दूधसँग भुलेर पनि नखानुस् यी खाद्यवस्तु



काठमाडौं । दूधमा मानव शरीरका लागि आवस्यक पर्ने धेरै पोषक तत्व पाइन्छ । यसमा हुने पोषक तत्वले शरीर तन्दुरुस्त बनाउनुका साथै स्वस्थ र फुर्तिलो बनाउँछ ।

के के कुरा दूधसँगै खाँदा स्वास्थ्यमा असर पुग्छ भन्ने विषयमा यहाँ चर्चा गरिएको छ । दूधसँगै दहीको सेवन गर्नुहुँदैन । यस्तो गर्दा एसिडिटी, ग्यास र उल्टीको समस्या हुनसक्छ । दही सेवन गरेको एक डेढ घण्टापछि मात्र दूध पिउनुपर्छ । यसैगरी कालो दालको साथ पनि दूधको सेवन राम्रो मानिँदैन ।

केही खानेकुरा जसलाई दूधसँगै सेवन गर्दा शरीरमा नकारात्मक असर पर्ने गर्दछ । के के कुरा दूधसँगै खाँदा स्वास्थ्यमा असर पुग्छ भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।
१. हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन ।
२. दुधका साथै दही कहिल्यै पनि पिउनु हुन्न । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ
३. दुधको साथमा मूला, जामुन, माछा जस्ता पदार्थ पनि लिन हुँदैन । यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ । यसले पनि छालामा समस्या देखिन सक्छ ।
४. दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।
५. दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ ।
६. दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ ।
७. सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुन्छ । तर, तातो दुध सुत्नु भन्दा अघि खानाले स्वप्नदोष हुने सम्भावना बढी हुन्छ ।
८. दूध पिउनु अघि वा लगत्तै कहिल्यै पनि कुनै फलको सेवन गर्नु उचित मानिँदैन । दूधसँग सुन्तला, भुईं कटहरजस्ता फलको सेवन गर्दा यसले स्वास्थ्यमा असर पुग्छ ।
९. कतिपय मानिसहरु खाजामा दूधसँग ब्रेड बटर लिन्छन् तर दूध आफैंमा पूर्ण आहार हो । यी सबै चीज एकैसाथ सेवन गर्दा पेटमा भारीपनाको महसुस हुन्छ ।

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

घटनाको यर्थात छानबिन गरी दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म बिहीबारबाट आकस्मिक सेवाबाहेक सम्पूर्ण

आज गणेश चतुर्थी पर्व मनाइँदै

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका

पशुपतिनाथको ढोका बिहान तीन बजेदेखि नै खुला

यसैबीच पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवम् भिडियो खिचेमा मोबाइल जफत

आज देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्दै चिकित्सक संघ

भदौ २७ गते हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा.

 सामाजिक सञ्जालमा हामी