थिएटर अवार्डमा विमल सुवेदीको नाटक



४ चैत्र, काठमाडौं। नेपाली नाट्यकर्मी विमल सुवेदीले निर्देशन गरेको हिन्दी नाटक ‘दि डिपार्टेड डाउन’ भारतको प्रतिष्ठित अवार्ड ‘महेन्द्रा एक्सेलेन्सी थिएटर अवार्ड’को चार विधामा मनोनयनमा परेको छ ।

उहाँकै लेखनसमेत रहेको नाटक उत्कृष्ट निर्देशन, सङ्गीत, नृत्य र लाइटसहित निर्देशन विधामा मनोनयनमा परेको हो । भारतभर मञ्चन हुने नाटकमध्ये उत्कृष्ट नाटकका विभिन्न विधालाई प्रदान गरिने यो अवार्डमा ‘दि डिपार्टेड डन’ चार सय ९५ बाट छानिएर उत्कृष्ट १० मा परेको हो । यसरी छानिएका दश नाटक मार्चको २५ देखि २९ तारिखसम्म दिल्लीमा मञ्चन हुँदैछन् । मनोनयनमा परेको नाटकलाई निर्देशक सुवेदीले चलचित्र बनाउने सिलसिलामा तयार गरेका छन् ।

“जन्मथलो छाड्न बाध्य भएका नेपाली भाषी भुटानीको अवस्था नाटकमा चित्रण गरिएको छ । घर बन्ने प्रक्रियादेखि बनेको घर भताभङ्ग भएको अवस्थासम्मलाई अभिव्यक्ति गर्ने प्रयास गरेका छौँ”, निर्देशक सुवेदीले भने ।

नेपाली कथा विश्व रङ्गमञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित उनले नाटक भारतको अखोका थिएटरका भिक्टर थाउडमसँग मिलेर तयार गरिएको जानकारी दिए । नयाँ दिल्लीमा २५ तारिखका दिन श्रीराम सेन्टरमा प्रदर्शन हुँदैछ ।

कलाकार दम्पतीको चित्रकला प्रदर्शनी

यो चित्रमा मूलत: प्रकृति र पुरुषको संयोजनलाई आकर्षक रङमा बनाइएको छ । अर्को

निफमा पैँतिस देशका ९५ चलचित्र

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र प्रतिस्पर्धामा छन् । चिनियाँ

युवा कवि किशमा किशाेरलाई प्रगति साहित्य सम्मान

सिन्धुपाल्चोक जिल्लामा जन्मेर राष्ट्रलाई याेगदान गर्ने  विभिन्न विधाका व्यक्तित्वलाई २०६२ सालदेखि  निरन्तर सम्मान

‘द भ्वाइस किड्स सिजन २’ भोलिदेखि प्रसारण

कार्यक्रममा गायक राजु लामाले कोचको रुपमा सहभागिता जनाउनका लागि कार्य व्यस्तताका कारण सहभागी

 सामाजिक सञ्जालमा हामी