विराटनगरमा नेपाल–भारत साहित्य महोत्सव सुरु



३ चैत्र, मोरङ । नेपाल–भारत तीन दिने साहित्य महोत्सव आजदेखि विराटनगरमा शुरु भएको छ । दुई देश साहित्यकारवीचको सम्बन्धनलाई प्रगाढ बनाउन उक्त सम्मेलनको आयोजना गरिएको हो ।

विराटनगर महानगरपालिका र कनितधरा साहित्य अकादमी मेरठ भारतद्वारा आयोजित उक्त महोत्सवमा नेपाल–भारतका साहित्य, कला सांस्कृतिक क्षेत्रमा तीन सय ५० जनाको सहभागिता रहेको छ ।

कोशी प्रदेशका पूर्वप्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्वाहाङले महोत्सवको उद्घाटन गर्दै यसले दुई देशबीचको सम्बन्धन जनस्तरमा पुग्ने विचार व्यक्त गरे । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले समाज निर्माण साहित्यको ठूलो भूमिका रहने बताउँदै यसको कुनै सीमा नहुने विचार राखे ।

वरिष्ठ साहित्यकार दधिराज सुवेदी, कार्यक्रम संयोजक डा देवी पन्थी, गङ्गा सुवेदी, क्रान्तिधर अकादमीका अध्यक्ष डा विजय पण्डित र मीनकुमार नवोदितले राज्यले साहित्यको विकास एवम् साहित्यकारलाई उच्च सम्मान गर्नुपर्ने सुझाव दिए । महोत्सवमा पुस्तक विमोचन, बहुभाषी कवि सम्मेलन र सम्मान कार्यक्रम रहेको छ ।

राष्ट्रकवि घिमिरेको स्मृतिमा अक्षयकोष स्थापना

पुरस्कार वितरणका लागि प्रतिष्ठानले तीन सदस्यीय समिति गठन गर्ने भएको छ । उक्त

मोती जयन्ती आज, विभिन्न साहित्यिक कार्यक्रमका साथ मनाइँदै

यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो । दिवसका अवसरमा आज नेपाली शिक्षा

आजदेखि बीपी साहित्य महोत्सव

तेस्रो दिन भदौ २६ गते बिहान तीन घुम्ती चलचित्र प्रदर्शनबाट महोत्सवको सुरुआत गरिने

तीन स्रष्टाका तीन कृति विमोचन

कृतिका लेखक मोतिशोभा नेपाल सरकारको पूर्वसहसचिव, लेखक प्राडा सृजना पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका

 सामाजिक सञ्जालमा हामी