नक्कली लाइसेन्स बनाउने र बैंकिङ कसुरका फरार व्यक्ति समातिए



१ चैत्र, काठमाडौँ। सवारीसाधनको नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर प्रयोग गर्ने र बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरिएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नक्कली सवारी चालक अनुमतिपत्र बनाएर प्रयोग गर्ने पर्साको वीरगन्ज महानगरपालिका–२५ घर भई काठमाडौँ बस्ने २४ वर्षका पारस शाहलाई पक्राउ गरेको हो ।

केही व्यक्तिले लिखत कीर्ते गरी विभिन्न वर्गका नक्कली सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गर्दै आइरहेको छ भन्ने सूचनाका आधारमा अनुसन्धान तथा खोजतलास गर्दा शाह पक्राउ परका हुन् । शंका लागेर उनको शरीर खानतलासी गर्दा ‘इ’ वर्गको लाइसेन्सलाई ए, बी र इ वर्गको नक्कली सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गरेको फेला परेको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार शाहलाई लिखत कसुरमा अनुसन्धान तथा थप कारबाहीका लागि आज प्रहरी वृत्त गौशालामा बुझाइएको प्रहरीले जनाएको छ ।

यस्तै कार्यालयले आज बैंकिङ कसुर मुद्दाका फरार धादिङको गंगा जमुना गाउँपालिका–६ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–६ बस्ने ५० वर्षीय पुरनबहादुर घलेलाई आज पक्राउ गरेको छ । उनी बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ पुस २४ गतेको फैसलाले ३६ लाख ८८ हजार रुपैयाँ पीडितलाई बिगो भराइ ३६ लाख ८८ हजार जरिवाना, एक लाख ४७ हजार रुपैयाँ क्षतिपूर्ति शुःल्क भराउनुका साथै आठ दिन कैद सजाय ठहर भई फरार रहेका थिए ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौँले पक्राउ गरी फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालतमा बुझाएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

नेकपा एमाले वाग्मती प्रदेश अधिवेशन आजबाट

सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे पनि अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको

गमगढी बजारमा आगलागी, ८ घर जले

क्षतिको यकिन विवरण आउन बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक

बाँके जिल्ला कारागार जीर्ण

४ असोज, न्यूयोर्क । नेपालगञ्जस्थित बाँके जिल्ला कारागारको भवन पुनर्निर्माण नहुँदा जीर्ण बन्दै गएको

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा विष्णु पौडेल पक्षका कँंडेल विजयी

शनिवार शुरू प्रदेश अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

 सामाजिक सञ्जालमा हामी