निफमा पैँतिस देशका ९५ चलचित्र



१ चैत्र, काठमाडौँ। काठमाडौँमा हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौँ संस्करणमा ३५ देशबाट ९५ चलचित्र सहभागी हुनेछन् ।

विश्वभरका कथाको उत्सव’ नारासहित महोत्सव चैत २ गतेदेखि ६ गतेसम्म चल्ने महोत्सवका अध्यक्ष केपी पाठकले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । “महोत्सवका चलचित्रलाई क्युएफएक्स चेनअन्तर्गतका चार हलमा देखाउँदैछौँ ।

यस्तै अन्तक्र्रिया र छलफलसम्बन्धी कार्यक्रम पर्यटन बोर्डको प्रेक्षालयमा हुनेछ”, अध्यक्ष पाठकले भन्नुभयो, “रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिँदै चलचित्र क्षेत्र र सम्बन्धित विधाका विज्ञले अन्तक्र्रिया गर्दैछन् ।” महोत्सवमा सात विधामा १४ पुरस्कार वितरण हुने जनाइएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र प्रतिस्पर्धामा छन् । चिनियाँ फिल्म एकेडेमीकी प्राध्यापक ली रानले ‘चिनियाँ फिल्मको भाष्य, बुझाइ र विश्वकै ठूलो फिल्म बजार’ विषयमा र भारतीय निर्देशक प्रेमेन्द्र मजुमदारले घरेलु चलचित्र विषयमा मास्टरक्लास दिनेसमेत अध्यक्ष पाठकले जानकारी दिए।

यस्तै निफमा प्राध्यापक इटामी बोर्जनको मास्टरक्लास, भूराजनीतिमा चलचित्रको भूमिका, नेपाली दर्शकको विकासक्रम, चलचित्र नीति : नीति मात्रै कि व्यवहार पनि, चलचित्र कास्टिङ : महत्व र अभ्यास, हास्यव्यङ्ग्यले हौसिएको नेपाली चलचित्र र आमा नायिका : जिम्मेवारी र करिअरजस्ता विषयमा अन्तक्र्रिया तथा छलफल चलाइनेछ ।

कलाकार दम्पतीको चित्रकला प्रदर्शनी

यो चित्रमा मूलत: प्रकृति र पुरुषको संयोजनलाई आकर्षक रङमा बनाइएको छ । अर्को

‘द भ्वाइस किड्स सिजन २’ भोलिदेखि प्रसारण

कार्यक्रममा गायक राजु लामाले कोचको रुपमा सहभागिता जनाउनका लागि कार्य व्यस्तताका कारण सहभागी

पल शाहको अनुरोध – सहकार्य गर्नुछ, मसँग जोडिएका कसैलाई गालि नगरिदिनुस्

सोमबार सामाजिक सञ्जालमार्फत फागु पूर्णिमाको शुभकामना दिँदै अभिनेता शाहले बितेको एक वर्षलाई आफूले

छक्कापञ्जाका दिपकराज र छडकेका अनमोलकाे एक अर्कालाइ शुभकामना

गिरी र अनमोल दुबैले दुबै फिल्मको पोस्टर पनि राखेर एक अर्को प्रति सम्मान

 सामाजिक सञ्जालमा हामी