राजनीति

कांग्रेस प्रदेश १ अधिवेशन : गुरुराज घिमिरेको अग्रता

१९ मंसिर २०७८, आईतवार १५:५१
कांग्रेस प्रदेश १ अधिवेशन : गुरुराज घिमिरेको अग्रता

विराटनगर : नेपाली कांग्रेसको प्रदेश नम्बर १ को अधिवेशनको जारी मतगणनामा शेखर कोइराला समूहका सभापतिका उम्मेद्वार गुरु घिमिरेले अग्रता कायम गरेका छन्।

१ हजार मत गणना हुँदा घिमिरे ५०३ मतसहित अगाडि छन् । संस्थापन पक्षका उद्धव थापाले ४६१ मत प्राप्त गरेका छन् । प्रदेश १ मा देउवा र सिटौला समूह मिलेका छन् । सिटौला समूहका थापा देउवा समूहको समर्थनमा उम्मेदवार बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्