विवाह समारोहमा ग्यास पड्किएर आगलागि, १४ जनाको ज्यान गयो



१८ माघ, एजेन्सी। भारत झारखण्डको धनबाद सहरमा बुधबार साँझ एउटा बहुतले भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ ।

विवाह समारोहमा ग्यास सिलिण्डर पड्किएर यो घटना भएको हो । एक हप्तामा धनबादमा आगलागीको यो दोस्रो घटना हो । सहरको व्यस्ततम इलाका बैंक मोड प्रहरी चौकी इलाकामा रहेको शक्ति मन्दिर नजिकै रहेको १३ तले आशिर्वाद टावर अपार्टमेन्टको दोस्रो तल्लामा आगलागी भएको थियो । जसले केही बेरमै ठूलो रुप लिएको थियो ।

खबर प्राप्त हुनासाथ दमकल घटनास्थलमा पुगेको थियो । कलेक्टर सन्दीप कुमारले ८ देखि १० जनालाई उद्दार गरिएको जानकारी दिए, जसको अवस्था गम्भीर रहेकोमा केहीको मृत्यु भएको छ ।

गत हप्ता शुक्रबार पनि धनबादको एक निजी नर्सिङ होममा आगलागी हुँदा दुई डाक्टरसहित कम्तीमा पाँच जनाको मृत्यु भएको थियो।

सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

सदस्यहरुमा अनेरास्ववियुकै भरत शाही ८५४, राधा रिजाल ८५९, गगन आले ८८४, रोकाय ८८८,

अब चार दिनभित्रै सरकारलाई पूर्णता दिन्छौं- प्रधानमन्त्री प्रचण्ड

आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आरामले सरकारले काम गर्ने प्रधानमन्त्रीले

सांसद भण्डारीको उपचारमा सरकारको खर्च झन्डै ५६ लाख

भण्डारी आफ्नै निवासमा भएको आगलागीमा परी घाइते भएका थिए । उनको नेपालमा उपचार

रारा बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका तामाङ निर्वाचित

त्यस्तै, कोषाध्यक्षमा अनेरास्ववियुकी बसन्ती रोकाया निर्वाचित भएकी छन् । सदस्यमा नेविसंघका पंचदेवी सेजुवाल

 सामाजिक सञ्जालमा हामी