आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने



१६ माघ, काठमाडौँ । सरकारी कार्यालयहरु आजदेखि अपरान्ह पाँच बजेसम्म खुल्ने भएका छन्। कात्तिक १६ गतेदेखि हिजो माघ १५ गतेसम्म ४ बजे बन्द हुने सरकारी कार्यालयहरु आजदेखि पाँच बजेसम्म नै खुल्ने गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बर्सेनी राजपत्रमा सूचना प्रकाशन गरी कार्यालय हाजिर हुने र छुट्ने समय तोक्ने गरेको छ ।  जसअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म तीन महिना बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ४ बजे नै बन्द हुने गर्छन्।

वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म तोकिएको मन्त्रालयले उल्लेख गरेको छ।  शुक्रबारको दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मात्रै कार्यालय खुल्ने मन्त्रालयले जनाएको छ।

अब चार दिनभित्रै सरकारलाई पूर्णता दिन्छौं- प्रधानमन्त्री प्रचण्ड

आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आरामले सरकारले काम गर्ने प्रधानमन्त्रीले

सांसद भण्डारीको उपचारमा सरकारको खर्च झन्डै ५६ लाख

भण्डारी आफ्नै निवासमा भएको आगलागीमा परी घाइते भएका थिए । उनको नेपालमा उपचार

रारा बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका तामाङ निर्वाचित

त्यस्तै, कोषाध्यक्षमा अनेरास्ववियुकी बसन्ती रोकाया निर्वाचित भएकी छन् । सदस्यमा नेविसंघका पंचदेवी सेजुवाल

सभामुखले ‘फिर्ता लिए’ पत्रकारबारे दिएको अभिव्यक्ति

, नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जुन संविधानमा प्रत्याभूत भएको छ । त्योप्रति संसद्

 सामाजिक सञ्जालमा हामी