‘पठान’ ले बनायो फेरि अर्को रेकर्ड



१५ माघ, काठमाडौं । यशराज फिल्म्सका अनुसार हिन्दी भर्सनले रिलिजको तेस्रो दिन ३८ करोड भारतीय रुपैयाँ कमाएको छ । अन्य भाषाबाट १ करोड २५ लाख कमाइ भएको फिल्म्सले जनाएको छ ।

यशराज फिल्म्सका अनुसार हिन्दी भर्सनले रिलिजको तेस्रो दिन ३८ करोड भारतीय रुपैयाँ कमाएको हो । अन्य भाषाबाट १ करोड २५ लाख कमाइ भएको यशराज फिल्म्सले जनाएको छ ।

यो फिल्मले विश्वभरबाट पहिलो दिन एक सय ६ करोड भारू कमाउँदै पहिलो दिन सर्वाधिक कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको थियो। फिल्मले दोस्रो दिन एक सय १३ करोड ६० लाख भारू कमाउँदै अर्काे रेकर्ड राखेको थियो। तेस्रो दिन पनि यसले नयाँ रेकर्ड राखेको हो।

हिन्दी, तमिल र तेलेगू भाषामा गरी भारतमा मात्र फिल्मले तीन दिनमा दुई सय १ करोड भारू कमाएको छ भने भारतबाहिरबाट एक सय १२ करोड भारू कमाएको हो।

अनुसार विश्वका १ सयभन्दा बढी देशका करिब ८ हजार स्क्रिनमा ‘पठान’ प्रदर्शन भएको छ । पठानले विभिन्न रेकर्डसमेत तोडेको छ । ‘पठान’ एक दिनमा ७० करोड कमाउने पहिलो हिन्दी चलचित्र बनेको छ । यशराज ब्यानरमा बनेको फिल्ममध्ये बक्स अफिस कलेक्सनमा ५० करोड नघाउने तेस्रो फिल्म हो । यसअघि ‘वार’ ले ५३ करोड र ‘ठग्स अफ हिन्दोस्तान’ ले ५२ करोड कमाएका थिए ।

पठानमा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको केमियो भूमिका छ। यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गर्दैछन्।

शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका छन् भने जोन भिलेनको भूमिकामा देखिएका छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन्।

कलाकार दम्पतीको चित्रकला प्रदर्शनी

यो चित्रमा मूलत: प्रकृति र पुरुषको संयोजनलाई आकर्षक रङमा बनाइएको छ । अर्को

थिएटर अवार्डमा विमल सुवेदीको नाटक

नेपाली कथा विश्व रङ्गमञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित उनले नाटक भारतको अखोका थिएटरका भिक्टर

निफमा पैँतिस देशका ९५ चलचित्र

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र प्रतिस्पर्धामा छन् । चिनियाँ

युवा कवि किशमा किशाेरलाई प्रगति साहित्य सम्मान

सिन्धुपाल्चोक जिल्लामा जन्मेर राष्ट्रलाई याेगदान गर्ने  विभिन्न विधाका व्यक्तित्वलाई २०६२ सालदेखि  निरन्तर सम्मान

 सामाजिक सञ्जालमा हामी