रवि, बालेनहरूलाई ५ वर्ष त विश्वास गरौँ



१० माघ, काठमाडौँ। चलचित्र निर्माता एवं कलाकार दीपकराज गिरीले रवि लामिछाने र बालेन शाहहरूलाई कम्तिमा ५ वर्ष विश्वास गर्नुपर्ने बताएका छन् ।

 सुरुवातमा चर्चामा रहेका शाहको आलोचना भइरहँदा उनी सामाजिक सञ्जालमार्फत आफूलाई प्रश्न सोध्नेहरुसँग भिड्न थालेका हुन्।

केही दिन अघि निर्देशक विशाल भण्डारीले प्रश्न सोध्दा आरोप प्रत्यारोपमा उत्रेका बालेनले आज अभिनेता दीपकराज गिरीसँग जुहारी खेलेका छन्। तर, यसपटक दीपकले बालेनको आलोचना वा विरोध गरेका थिएनन्। दीपकले बालेनको समर्थन गरेर लेखेको स्टाटसमा नै बालेनले फेरि अशोभनीय टिप्पणी गरेका हुन्।

कलाकार गिरीले पछिल्लो समय मेयर बालेनले बनाउने भन्दा भत्काउने काम धेरै गरेको र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हत्या अभियोगमा फरार रहेका लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न नसकेको भनेर सामाजिक सञ्जालमा हुने गरेको टिका टिप्पणी प्रति लक्षित गर्दै एक पोष्ट गरेका थिए ।

जसमा उनले लेखेका थिए, ‘हामीले काँग्रेस, एमाले र माओवादीलाई वर्षाै विश्वास गर्‍यौ । अब रवि र बालेनहरु आएका छन् । उनीहरुलाई कमसेकम ५ वर्ष त विश्वास गरौँ ।’

गिरीको यो पोष्टमा रवि र बालेनको सपोट गरिएको छ । तर बालेनले गिरीले लेख नबुझेर त्यसमा कमेन्ट गर्दा आलोचना खेप्नु परिरहेको छ ।

गिरीको पोष्टमा बालेनले कमेन्ट गरेका छन्, ‘बालेनहरु भनेको कति जना हो ? बालेन जस्तै अरु पनि २, ३ जना छन् ? छन् भने किन ५ वर्ष कुर्नु ?’

‘पठान’ ले बनायो फेरि अर्को रेकर्ड

पठानमा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको केमियो भूमिका छ। यस फिल्ममार्फत

लामा बनिन् सारेगमपा लिटिल च्याम्पस सिजन ९ को विजेता

ग्राण्ड फिनालेमा सारेगमपका टप ६ फिनालिस्टस् हर्ष सिकन्दर, रफा यासमिन, अथर्व बक्सी, अतुन

बोर्डको अध्यक्ष भएपछि मुद्दा हालेर मलाई काम गर्न दिइएनः भुवन केसी

निर्माताहरु एकजुट भएर अघि बढेमा हामी सफल हुनेछौँ ।’ अध्यक्ष केसीले चलचित्र विकास

भ्वाइस अफ नेपाल सिजन ४ काे विजेता बने करण राई

राजुको टिमले पहिलोपटक विजेता पाएको हो । सिजन-१ मा कोच दीप श्रेष्ठबाट सिडी

 सामाजिक सञ्जालमा हामी