काठमाडौंबाट धनगढी उडेकाे बुद्ध एयरकाे जहाज नेपालगञ्जमा अवतरण



१० माघ, काठमाडौँ। काठमाडाैंबाट धनगढीका लागि उठेको बुद्ध एअरको जहाज मौसम खराबी भएपछि बाँकेको नेपालगन्जमा अवतरण गरेर तीनजना यात्रुलाई मात्र फर्काएर काठमाडौं फर्केको छ ।

मंगलबार साँझ ५ बजेर १९ मिनेटमा काठमाडौंबाट धनगढीका लागि उडेको नाइन एन- एनयू कलसाइनकाे यू४ २५५ विमान ७ बजेर ८ मिनेटमा नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो । विमानमा रहेका यात्रुमध्ये केहीलाई नेपालगन्ज छाडेर ७ बजेर ५८ मिनेटमा काठमाडौं फर्किएको हो । सोही विमानमा आएका ३ जना यात्रु पुनः काठमाडौं फर्किएका छन् । धनगढीमा पानी परेर अवतरण गर्न नसकेको र आधाघन्टा आकाशमा राखेर नेपालगन्ज फर्काइएको बुद्ध एयरका कर्मचारीले जनाएका छन् ।

बुद्ध एयर नेपालगन्जका कर्मचारी अर्जन रावलले धनगढीमा समस्या भएपछि नेपालगन्जमा ल्याण्ड भएको र प्यासेनजरलाई सोधेर केहीलाई बसमा धनगढी पठाइएको र ३ जनालाई सल्लाहमा पुनः काठमाण्डौ फर्काइएको बताए ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् एजेन्डा

संसद् सचिवालयका अनुसार बैठकमा सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम

माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

आजको बैठकले पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने तयारी थियो ।आज बैठकको तयारी नपुगेकाले

विवाह समारोहमा ग्यास पड्किएर आगलागि, १४ जनाको ज्यान गयो

खबर प्राप्त हुनासाथ दमकल घटनास्थलमा पुगेको थियो । कलेक्टर सन्दीप कुमारले ८ देखि

लुम्बिनीमा सत्तारुढ दलकाबीच भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

जनमतका सांसद सिके गुप्ताले आफ्नो पार्टीले एउटा मन्त्रालय पाउने बताए। ‘सरकार विस्तारका विषयमा

 सामाजिक सञ्जालमा हामी