नेपालका खेलाडी इन्द्र सुनारको जित



काठमाडौँ :थाइल्याण्डको राजधानी बैंककमा भएको यु–२२ (२२ वर्षमुनि) बक्सिङ च्याम्पियनसिपअन्तर्गत ५७ केजी तौल समूहमा नेपालका मुक्केबाज इन्द्रबहादुर सुनारले जित हासिल गरेका छन् ।

बैंककमा आज भएको खेलमा नेपाली मुक्केबाज सुनारले लाओसका खेलाडी सोक्साखुनलाई पराजित गर्दै जित हासिल गरेका हुन् । यसजितसँगै उनी क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

सुनारले अब क्वाटर फाइनल खेल मङ्गोलियन मुक्केबाज गन्तुमार लुण्डासँग खेल्नेछन् । त्यसैगरी नेपालबाट सहभागी दुई खेलाडी विजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) तर्फ सेमिफाइनलमा प्रवेश भइसकेका छन् । उनीहरुले क्रमशः इनडनेसिया खेलाडी मोसकिता माइकल र काजिकिस्तानी मुक्केबाज एरजन गुल्सायसँग खेल्नेछन् ।

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले आठौँ पटक प्रिमियर लिगको उपाधि जितेको छ । साथै म्यानचेस्टर सिटीले

चेन्नाईलाई पराजित गर्दै बेङलोर प्लेअफमा

१९ अंकका साथ कोलकाता पहिलो स्थानमा छ । प्लेअफ पुगिसकेका राजस्थान रोयल्स र

ओमानका कप्तान इल्यासले लेखे- हजुर र नेपालको लागि ठूलो र शुभ दिन हो

'कठिन समय पनि बितेर गयो, तर कठिन मानिसहरू... यो दिन हजुर र नेपालको

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

२ जेठ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएका छन् ।

 सामाजिक सञ्जालमा हामी