लुम्बिनीले नेपाल टी २० लिगको उपाधि जित्यो



२७ पुस, काठमाडौँ । पहिलो संस्करणको नेपाल टी २० लिगको उपाधि लुम्बिनी अल स्टार्सले हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उपाधि हात पारेको हो । यस उपाधिसहित लुम्बिनीले रु ५५ लाख प्राप्त गरेको छ ।

यसैगरी उपविजेतामा चित्त बुझाएको विराटनगरले रु ३० लाख पायो । लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । विरानगरका लागि अर्जुन साउदले सर्वाधिक ३४ रन बनाए भने पृथु बास्कोटाले २३ रन जोडे ।

त्यस्तै हुसेन तालतले १३ रन बनाए । विराटनगरले १०९ रन समेट्ने क्रममा लुम्बिनीका सागर ढकाल र हरमित सिंहले समान दुई–दुई विकेट लिए भने किशोर महतो र विपुल शर्माले समान एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ राजेको लुम्बिनीले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनाएको थियोे ।

लुम्बिनीका लागि लाहिरु मिलन्थाले सर्वाधिक ४१ रन जोडे भने हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले २० तथा इशान पाण्डेले १६ रन बनाए । विरानगरका नन्दन यादव र राज नाननले समान दुई–दुई विकेट लिए भने सूर्य तामाङ, कप्तान रोहितकुमार पौडेल, हुसेन तालत र किओन जोसेफले समान एक–एक विकेट लिए ।

प्रतियोगितामा जनकपुर रोयल्स तेस्रो भयो । उसले रु १० लाख पायो । त्यस्तै काठमाडौँ नाइट्स चौथो भयो । काठमाडौँले रु पाँच लाख पायो । यही पुस ९ देखि सुरु भएको प्रतियोगितामा काठमाडौँ नाइट्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, फार वेस्ट युनाइटेड, विराटनगर सुपर किंग्स र पोखरा एभेन्जर्स गरी ६ टोली सहभागिता रहेको थियो ।

७ गोलको रोमाञ्चकतामा आर्सनल विजयी

मंगलबारकै अर्को खेलमा उल्भ्सले बर्नलीलाई १–० ले हरायो र त्यसमा हवाङ हि–चानले निर्णायक

यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ

डिसेम्बर ८ देखि १५ सम्म यूएईमा यू-१९ एसिया कप हुँदैछ । समूह ए

महिला क्रिकेट छनोटको उपाधि काठमाडौँलाई

प्रतियोगिताको समापन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अब

अष्ट्रेलियासँगको पाँचाैँ तथा अन्तिम टी–२० खेलमा भारत विजयी

भारतसँग पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हारेको अष्ट्रेलिया तेस्रो

 सामाजिक सञ्जालमा हामी