जाडो छल्न विद्यालय विदा



१९ पुस, महोत्तरी। सोमबार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् ।

जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको बिदा सूचना गरेका हुन् । जिल्लाका जलेश्वर नगरपालिका, पिपरा तथा सम्सी गाउँपालिकाले अ पुस १९ गतेदेखि पुस २६ गतेसम्म आठ दिनको बिदा सूचना गरेका छन् ।

त्यसैगरी मटिहानी, भङ्गाहा, लोहारपट्टी, औरही र बलवा नगरपालिका तथा सोनमा गाउँपालिकाले पनि आजदेखि २२ गतेसम्म चार दिन बिदा दिने सूचना जारी गरेका छन् । यसअघि गत आइतबार नै मनराशिशवा र रामगोपालपुर नगरपालिकाले पुस २२ गतेसम्मको बिदा सूचना गरेका थिए ।

जिल्लाका १५ स्थानीय तहमध्ये ११ ले विद्यालयमा जाडो बिदाको सूचना जारी गरिसकेका छन् । स्याँठ चल्न थालेपछि विद्यालय केही दिनका लागि बिदा दिन परेको ती स्थानीय तहका कार्यालयले जारी गरेका सूचनामा उल्लेख छ । जिल्लाका बर्दिबास र गौशाला नगरपालिका तथा महोत्तरी र एकडारा गाउँपालिकामात्र यस्तो सूचना निकाल्न बाँकी छन् ।

चार स्थानीय तहले बिदा सूचना जारी नगरी सके पनि त्यहाँका विद्यालयमा पनि जाडोले गर्दा विद्यार्थी उपस्थिति स्वात्तै घटेको छ । यीमध्ये महोत्तरी र एकडाराले आजै बिदा दिने सूचना जारी गर्ने तयारी गरेका बुझिएको छ ।

जिल्लामा उत्तरी क्षेत्रका बर्दिबास र गौशालाभन्दा मध्य र दक्षिणी क्षेत्रका अन्य ठाउँमा हुस्सु र स्याँठ चल्ने क्रम बढ्ता रहेको सर्वसाधारणको बुझाइ छ ।

गृह मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता

असोज ३ गते शिक्षा विधेयक संशोधनसँगै नेपाल शिक्षक महासंघले १८ बुँदे माग राखेर

सरकार र आन्दोलनरत शिक्षकबीच आज निर्णायक वार्ता

महासंघका अन्य मागहरुमा राहत, करार लगायतका अस्थायी दरबन्दीमा कार्यरत शिक्षकहरुलाई स्थायी गरिनुपर्ने भनिएको

शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

गत वर्षको तथ्याङ्कअनुसार हाल देशभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय रहेका

आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द

आफना मागहरू सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर

 सामाजिक सञ्जालमा हामी