भ्वाइस अफ नेपाल सिजन ४ काे विजेता बने करण राई



९ पुस, काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको विजेता करण राई बनेका छन् । शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा राईले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका हुन् ।

फिनालेमा राजु लामाको टिमबाट करन राईसहित  प्रमोद खरेलको टिमबाट योगेश मगर, राजेश पायल राईको टिमबाट सविना योङहाङ र प्रविशा अधिकारीको टिमबाट शाइल लिम्बु उपाधिका लागि भिडेका थिए। तर, राईले बढी भोट पाउँ विजेता बन्न सफल भए।

टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् । टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने । दर्शककाे भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।

राजुको टिमले पहिलोपटक विजेता पाएको हो । सिजन-१ मा कोच दीप श्रेष्ठबाट सिडी विजय अधिकारी, सिजन-२ मा टिम प्रमोदबाट राम लिम्बु र सिजन ३ मा पनि टिम प्रमोदबाट नै किरण गजमेरले ‘द भ्वाइस अफ नेपाल’को उपाधि जितेका थिए ।

‘पठान’ ले बनायो फेरि अर्को रेकर्ड

पठानमा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको केमियो भूमिका छ। यस फिल्ममार्फत

रवि, बालेनहरूलाई ५ वर्ष त विश्वास गरौँ

कलाकार गिरीले पछिल्लो समय मेयर बालेनले बनाउने भन्दा भत्काउने काम धेरै गरेको र

लामा बनिन् सारेगमपा लिटिल च्याम्पस सिजन ९ को विजेता

ग्राण्ड फिनालेमा सारेगमपका टप ६ फिनालिस्टस् हर्ष सिकन्दर, रफा यासमिन, अथर्व बक्सी, अतुन

बोर्डको अध्यक्ष भएपछि मुद्दा हालेर मलाई काम गर्न दिइएनः भुवन केसी

निर्माताहरु एकजुट भएर अघि बढेमा हामी सफल हुनेछौँ ।’ अध्यक्ष केसीले चलचित्र विकास

 सामाजिक सञ्जालमा हामी