पार्टीको प्रमुख पदमा बस्ने, चुनाव हार्ने नेताहरुले पदबाट राजीनामा दिनुपर्छ- महेन्द्र ब.शाही



२ पुस, काठमाडौँ । पार्टीको प्रमुख पदमा बस्ने चुनाव हार्ने नेताहरुले पदबाट राजीनामा दिनु पर्ने नव-निर्वाचित संसद महेन्द्र बहादुर शाहीले बताएका छन् ।

आज काठमाडौँमा कालिकोट-काठमाडौँ सम्पर्क समन्वय समितले आयोजना गरेको बधाईज्ञापन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नव- निर्वाचित संसद शाहीले पार्टीको प्रमुख पदमा बसेर चुनाव हारेका नेताहरुले राजीनामा दिनुपर्ने बताएका छन् ।

No description available.

उक्त कार्यक्रममा नव-निर्वाचित शाहीले भने आफ्नो व्यक्तिगत स्वार्थको लागि मात्र पद र कुर्चीमा पुग्नेका नेताहरु चुनावमा पराजित भए पछि नयाँ पुस्तालाई हस्तान्तरण गर्न वा राजीनामा दिनुपर्ने उनले बताएका छन् । यो लोकतान्त्रिक अभ्यासमा भइसकेको छ । अब कम्युनिष्टमा हुनु पर्ने बताएका छन् ।

No description available.

कालिकोट विकास र समृद्धको लागि अव युवाले आफ्नो वडा आफैले विकास गर्नु पर्ने आग्रह गरेका छन् । आफ्नो क्षेत्रको विकास आफुबाटै नै सम्भव रहेको बताएका छन् । हाम्रो ठाउँको विकास अरुले गर्देला भनेर बसेर हामी धेरै पछि परिसकेका छौँ ।

त्यसैले शहरमा रहेका युवाले शहर र गाउँमा भएका नेताले गाउँ तिर जुटेर कालिकोटको संग्रह विकास गर्नु पर्ने जोड दिएका छन् ।  त त्यो पार्टी म यो पार्टी होइन । आफ्नै दाजुभाई सोचेर विकास निर्माणको कार्यमा सहयोग गर्नसमेत आग्रह गरेका छन् ।

कार्यक्रममा मुख्य अतिथि महेन्द्र बहादुर शाही रहेका थिए भने विशेष अथिति नव-निर्वाचित प्रदेश संसद दुर्ग बहादुर शाही र समानुपातिक संसद यशुदा न्यौपाने(पुर्णिमा)र खाँडाचक्र नगरपालिका ४ का वडा अध्यक्ष प्रभानान्द्र आचार्यलगायत नेता कार्यकताको उपस्थिति रहेको थियो ।

काठमाडौँ नयाँ बानेश्वरको बानेश्वर बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा काठमाडौँमा रहेका कालिकोटका विभिन्न पेशाकर्मी, पत्रकार, कलाकार, समाजसेवी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

गृह मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता

असोज ३ गते शिक्षा विधेयक संशोधनसँगै नेपाल शिक्षक महासंघले १८ बुँदे माग राखेर

मलंगवा नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

पुरानो मलङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा

प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्रीबीच भेट

प्रधानमन्त्री दाहालले राष्ट्र सङ्घको फोरममा भेटघाट तथा सम्वादलाई निरन्तरता दिइरहेका छन् ।  

भाइबहिनीसँग शेखरको गुनासो- साथ पाएको भए सभापति जितिन्थ्यो

उनले कोइराला परिवारका सदस्यहरुको स्मरण शक्ति निकै राम्रो भएको दाबी गर्दै बीपी कोइरालाले

 सामाजिक सञ्जालमा हामी