नेपाललाई नामिबियाले २७६ रनकाे लक्ष्य दियाे



२१ मंसिर, काठमाडौं। आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियाले नेपाललाई दुई सय ७६ रनकाे लक्ष्य दिएकाे छ ।

टर हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो । उसका लागि तेस्रो क्रमका ब्याटर माइकल भान लिङ्गेनको ११५ रनको शतकीय पारी खेले । उनले १११ बल खेल्दै १५ चौका र १ छक्का प्रहार गरे ।

नामिबियाका लागि माइकल भान लिन्गेनले शतकीय पारी खेले । उनले एक सय ११ बलमा १५ चाैका र एक छक्का प्रहार गर्दै एक सय १९ रन बनाए । यस्तै गेरहार्ड इरासमसले ५३ र जान निकाेल लाेफ्टी एटनले ४० रन बनाए । बलिङतर्फ नेपालका ललित राजवंशीले चार विकेट लिए ।

नामिबियामा भइरहेको यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् ।

सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्न क्रिकेट संघलाई हतारो

तर क्यानले उनको निलम्बन फुकुवा गरेर राष्ट्रिय टोलीमा फर्काउने हतारो गरिरहेको छ । निलम्बन

नेपालका खेलाडी इन्द्र सुनारको जित

बैंककमा आज भएको खेलमा नेपाली मुक्केबाज सुनारले लाओसका खेलाडी सोक्साखुनलाई पराजित गर्दै जित

लुम्बिनीले नेपाल टी २० लिगको उपाधि जित्यो

यसैगरी उपविजेतामा चित्त बुझाएको विराटनगरले रु ३० लाख पायो । लुम्बिनीले दिएको १३४

विश्वकप फुटबल प्रतियोगिता : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

उनले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरेका थिए । उनी ओसुमाने

 सामाजिक सञ्जालमा हामी