१८ मंसिर, बाजुरा । बाजुराको प्रतिनिधिसभा सदस्यमा नेपाली कांगेसका उम्मेदवार बद्री पाण्डे विजयी भएका छन् ।
पाण्डेले ३१ हजार ७८६ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गरेहका हुन् ।
राप्रपाका उम्मेदवार जंगकुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ तथा जनसमाजवादी पार्टी नेपालका उम्मेदवार रामबहादुर शाहीले ७३ मत ल्याएका छन्।
बाजुराको प्रदेश सभा १ मा नेकपा (एकीकृत समाजवादीका) नरेशकुमार शाही र २ मा नेपाली काँग्रेसका पदमबहादुर शाही विजयी भएका छन्।