जन्ती बोकेको विङ्गर दुर्घटना हुँदा ५ जनाको मृत्यु



१७ मंसिर, धनुषा। धनुषाको विरेन्द्रबजारमा जन्ती बोकेको विङ्गर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । जिल्लाको  पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटनामा परेको जानकारी दिए ।

ज्यान गुमाउनेमा महोत्तरीको पिपरा गाउँपालिकाका ११ वर्षीय एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनियाँ तुल्सीयाहीकी ३५ वर्षीया रुविकुमारी साहबाहेक अन्यकाे परिचय खुलेको छैन ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् एजेन्डा

संसद् सचिवालयका अनुसार बैठकमा सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम

माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

आजको बैठकले पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने तयारी थियो ।आज बैठकको तयारी नपुगेकाले

विवाह समारोहमा ग्यास पड्किएर आगलागि, १४ जनाको ज्यान गयो

खबर प्राप्त हुनासाथ दमकल घटनास्थलमा पुगेको थियो । कलेक्टर सन्दीप कुमारले ८ देखि

लुम्बिनीमा सत्तारुढ दलकाबीच भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

जनमतका सांसद सिके गुप्ताले आफ्नो पार्टीले एउटा मन्त्रालय पाउने बताए। ‘सरकार विस्तारका विषयमा

 सामाजिक सञ्जालमा हामी