कैलालीको धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा कायम



१६ मंसिर, धनगढी । कैलालीको धनगढीमा बिहीबार साँझबाट जारी निषेधाज्ञा कायमै रहेको छ ।

कैलालीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि प्रशासनले जारी गरेको निषेधाज्ञा भोलि (शनिबार) बिहान सम्म कायम रहने भएको छ ।

प्रदर्शन बढ्न थालेपछि प्रशासनले बिहीबार साँझ ७ बजेदेखि जारी गरेको निषेधाज्ञा आज शनिबार बिहानसम्म कायमै रहने भएको हो । शान्ति सुरक्षाको अवस्था थप बिग्रन नदिन निषेधाज्ञा जारी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।

एक छात्राको धनगढी वडा नं. ५ स्थित पिपल चौतारा दोबाटोमा सडक निर्माणको क्रममा ग्रेडर दुर्घटनाबाट मृत्यु भएपछिको स्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

प्रजिअ थापाले जारी गरेको आदेशमा उल्लेखित क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्तिहरु आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन निषेध गरिएको छ । आजै बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् एजेन्डा

संसद् सचिवालयका अनुसार बैठकमा सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम

माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

आजको बैठकले पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने तयारी थियो ।आज बैठकको तयारी नपुगेकाले

विवाह समारोहमा ग्यास पड्किएर आगलागि, १४ जनाको ज्यान गयो

खबर प्राप्त हुनासाथ दमकल घटनास्थलमा पुगेको थियो । कलेक्टर सन्दीप कुमारले ८ देखि

लुम्बिनीमा सत्तारुढ दलकाबीच भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

जनमतका सांसद सिके गुप्ताले आफ्नो पार्टीले एउटा मन्त्रालय पाउने बताए। ‘सरकार विस्तारका विषयमा

 सामाजिक सञ्जालमा हामी