गठबन्धनको सूत्रधार मै हो : चित्रबहादुर केसी



२० कार्तिक, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको पाँचदलीय गठबन्धको प्रमुख सूत्रधार आफू रहेको दाबी गरेका छन् ।

बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभाको सदस्यको गठबन्धका तर्फबाट उम्मेदवारसमेत रहेका नेता केसीले मङ्सिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने बताए । आज बागलुङ बजारमा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले मङ्सिर ४ गतेको निर्वाचन प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुने बताउँदै प्रतिगमन ढलेर जाने बताए ।

उनले भने, ‘मनै प्रतिगमनका विरुद्धमा लागेँ, त्यसैले गठबन्धन बनाउनै अग्रसर भएको थिएँ’, नेता केसीले भने, ‘अहिलेको हाम्रो लडाइँ प्रतिगमन र अग्रगमनबीच छ, मङ्सिर ४ गते प्रतिगमनलाई ढलाइन्छ ।

उनले आफूले प्रतिगमनको विरुद्ध र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको भन्दै आफूले सहजै ढङ्गले चुनाव जित्ने बताए ।

नेता केसीले संसद्मा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताए । उनले जनताहरू विकासको पर्खाइमा रहेको आफूले महसुस गरेको भन्दै राष्ट्रिय योजनालाई पूरा गर्न आफूले पहल गर्ने बताए।

भाइबहिनीसँग शेखरको गुनासो- साथ पाएको भए सभापति जितिन्थ्यो

उनले कोइराला परिवारका सदस्यहरुको स्मरण शक्ति निकै राम्रो भएको दाबी गर्दै बीपी कोइरालाले

पार्टी एकता गर्दा नामका विषयमा छलफल गर्न सकिने माओवादी केन्द्रको निर्णय

संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का सांसदहरुलाई संसदको बैठक र विषयगत

शेखर कोइरालाले बोलाए आफू पक्षको बैठक

कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ। उक्त बैठकमा सामूहिक रूपमा

नेम्वाङ गुटगत स्वार्थबाटमुक्त र समन्वयकारी नेता

एमाले सचिव गोकर्णराज विष्टले एक अर्काविरुद्ध आरोप नलगाइकन आफ्ना कुरा निर्धक्क राख्न सक्ने

 सामाजिक सञ्जालमा हामी