बायर्नसँग पराजित हुँदै बार्सा समूह चरणबाटै बहिरियो



१० कार्तिक, काठमाडौं ।   स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । गएराति इन्टर मिलानले जित निकालेपछि जर्मन क्लब बायर्न म्युनिखविरुद्ध खेल्नुअघि नै बाहिरिसकेको बार्सिलोना घरेलु मैदानमै ३–० ले पराजित हुन पुग्यो ।

पहिलो हाफमा साडियो माने र एरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । बार्सिलोनाले पहिलो हाफको अन्त्यतिर पेनाल्टी पाए पनि भिडियो एसिस्टेन्ट रेफ्रीले सो निर्णयलाई उल्टाएको थियो ।

यसै समूहबाट इन्टर मिलान च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति नै भएको खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजनलाई ४-० ले पराजित गरेको थियो । इन्टरका लागि एडिन जेकोले दुई तथा रोमेलु लुकाकु र हेनरिक मिखितारियनले १-१ गोल गरे ।

बायर्नले ५ खेलमा १५ अंक जोड्दै शीर्षस्थानमा रहने पक्का गर्दा समान खेलबाट १० अंक जोड्दै इन्टर दोस्रो स्थानमा रहन सफल भयो । बार्सिलोनाले ५ खेलमा ४ अंक जोड्यो भने समूहको पुछारमा रहेको भिक्टोरिया प्लेजन अंकविहीन छ ।

१ सय २५ स्वर्णका साथ आर्मी शीर्ष स्थानमा

मेडल तालिकामा नेपाल पुलिस क्लब दोस्रो स्थानमा रहेको छ। पुलिसले ४८ स्वर्ण ४४

मिति खुलाएर सन्दीप लामिछानेले भने – नेपाल आउँदै छु, कानुनी लडाई लड्छु

शनिवार बिहान सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले नेपाल आएर आफूमाथि लागेका गलत आरोपविरुद्ध

सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी

लामिछानेले गत भदौ ५ गते उनलाई जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख रहेको बताइएको

अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

मलेसियाकी एल्सा हन्टेरले सर्वाधिक २८ रन बनाइन् । यसबाहेक एैनुर रिधवानले आठ, नुरहसिमा

 सामाजिक सञ्जालमा हामी