१ सय २५ स्वर्णका साथ आर्मी शीर्ष स्थानमा



३ असोज, काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदको पदक तालिकामा नेपाल आर्मीले आफ्नो फराकिलो अग्रता कायम राखेको छ।

बुधबार रातिसम्म जारी खेलमा आर्मी १ सय २५ स्वर्णका साथ शीर्ष स्थानमा छ। आर्मीले ८० रजत र ६२ काश्य गरी कुल २ सय ६७ पदक जितेको छ।

मेडल तालिकामा नेपाल पुलिस क्लब दोस्रो स्थानमा रहेको छ। पुलिसले ४८ स्वर्ण ४४ रजत र ५२ काश्यसहित १ सय ४४ पदकका साथ दोस्रो स्थानमा रहँदा एपिएफ ३७ स्वर्ण ४४ रजत र ६७ काश्यका साथ १ सय ४८ औ स्थानमा छ।

विभागीयबाहेक बागमती प्रदेश पदक तालिकाको चौथो स्थानमा छ। गण्डकीले २४ स्वर्ण २३ रजत र ४५ काश्यसहित ९२ पदक हात पार्दा एनआरएनएले १९ स्वर्ण जित्दै पाँचौं स्थानमा छ।

त्यस्तै सुदूरपश्चिमले ८ स्वर्ण जित्दा प्रदेश १ ले ५ स्वर्ण हात पार्‍याे। मधेश प्रदेश ५ स्वर्णको अवस्थामा रहँदा लुम्बिनीले ३ स्वर्ण जितेको छ। कर्णाली एक स्वर्णका साथ पदक तालिकाको पुछारमा छ।

७ गोलको रोमाञ्चकतामा आर्सनल विजयी

मंगलबारकै अर्को खेलमा उल्भ्सले बर्नलीलाई १–० ले हरायो र त्यसमा हवाङ हि–चानले निर्णायक

यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ

डिसेम्बर ८ देखि १५ सम्म यूएईमा यू-१९ एसिया कप हुँदैछ । समूह ए

महिला क्रिकेट छनोटको उपाधि काठमाडौँलाई

प्रतियोगिताको समापन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अब

अष्ट्रेलियासँगको पाँचाैँ तथा अन्तिम टी–२० खेलमा भारत विजयी

भारतसँग पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हारेको अष्ट्रेलिया तेस्रो

 सामाजिक सञ्जालमा हामी