२७ असोज, कालिकोट । पार्टी नेतृत्वको व्यक्तिवादी पेलुवा ‘ हैकमवादी ‘ तानाशाही स्वइच्छाचारी प्रवृति विरुद्ध आफुले बागी स्वतन्त्र उम्मेदवारी दिएको काशिचन्द बराल छन् ।
आत्मसम्मान सहित सामुहिक प्रणाली कायम राख्न आफुले उम्मेदवारी दिएको बताएका छन् । माओवादीका प्रभावशाली तथा युवा नेता बराल आगामी प्रतिनिधि सभाका लागि बागी स्वतन्त्र उम्मेदवारी दिएका हुन् । हिजो अर्थात् बुधबार निर्वाचन कार्यालय आगामी प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेद्वार बराललाई पुतली चुनाव चिन्ह दिएको छ ।
बराल नेकपा माओवादी केन्द्रको सक्रिय नेता हुन । उनी रास्कोट नगरपालिका पुर्व मेयरसमेत थिए । जनयुद्धकालदेखि नै माओवादीको राजनीतिमा सक्रिय रहेका नेता अहिले माओवादीका बागी स्वतन्त्र उम्मेदवार बनेका छन् ।
केहि समय पहिले पार्टीमा आन्तरिक किचलो भएको थियो । कर्णालीका पहिलो मुख्यमन्त्री महेन्द्र बहादुर शाही सबै निर्णय एकतर्फी र निश्चित गुटबन्दी गरेर हिड्ने पार्टीको सार्वभौम सत्ता आफ्नै हातमा छ भने जस्तो गर्नेलाई केहि पाठ सिकाउन आफुले बागी उम्मेदवार दिएको बरालले बताएका छन् ।
भदौ १८ गतेदेखि सुर्खेतको सिटी हलमा सुरु भएको बैठकमा संघ प्रत्यक्षतर्फ बरालसहित पूर्वमुख्यमन्त्री महेन्द्र व. शाही, जिल्ला समन्वय समितिका कालिकोट संयोजक लक्ष्मी प्रसाद चाैलागाई(शैलेन्द्र) र विष्णु वि .क(विकल्प )को नाम सिफारिस भएको थियो ।
उनी यसपटक स्वतन्त्र उम्मेदवारको रूपमा प्रस्तुत भएका छन्। बरालले गठबन्धनका उम्मेदवार महेन्द्र बहादुर शाही र नेकपा एमालेका उम्मेदवार नगिन्द्र शाहीसंग प्रतिस्पर्धा गर्ने छन्।
बारालले आज कालिकोटमा पत्रकार सम्मेलन गरि आफ्नो स्वतन्त्र उम्मेदवारको विकल्प बताएका छन् । यस्ता छन् एजेण्डा :
१ ) पार्टी नेतृत्वको व्यक्तिवादी पेलुवा ‘ हैकमवादी ‘ तानाशाही . स्वइच्छाचारी प्रवृति विरुद्ध आत्मसम्मान सहित सामुहिक प्रणाली कायम राख्न ।
२ ) तिनखम्बे अर्थ नीति लाई आत्मसात गरि ब्यापक रोजगारी सृजना मार्फत आम नागरिकलाई आत्मनिर्भर स्वरोजगार वनाउन ।
३ ) सत्ता र शक्तिको आडमा भैरहेको दलालीकरण एवं कमिशन तन्त्रको अन्त्य गर्न ।
४ ) जिल्लामा भै रहेको सामाजिक शक्ति असंतुलन लाई संतुलन कायम राख्न ।
५ ) वास्तविक राष्ट्रियताको रक्षा र सम्बर्धन गर्न
६ ) जिल्लाको विकासको गुरु योजना बनाई दिगो प्रणालीगत विकास निमाण गर्नुको सट्टा नेतृत्व वाट ब्यक्तिगत लाभको आधारमा ‘गुटगत सरक्षण मा केन्द्रीत भैरहेको खुद्रे अब्यवस्थित सनक प्रभाव दवाव ‘ रवाफ र कमिशन तन्त्रको विवेधकारी आधारमा हुने विकास निर्माणको अन्त्य गर्न ।
७ ) योजनावद दिगो र संतुलित योजना विकासको खाका तयार गरी कार्यान्वयन मा लैजान ।
८) युवा विदेशी खाडीमा होइन अव घरको पिडीमा पैशा विदेशी खाडीमा हैन नेपालको झाडीमा छ भन्ने मान्यता स्थापीत गरेर युवाहरू लाई सहिवाटो देखाउदै स्वदेश मै रोजगारी सृजना गर्न ।
९ ) सहकारी अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन ।
१०) श्रम , पुजी , प्रविधि र प्रकृति को समायोजन गरि आत्मनिर्भर सक्षम र खुसी समाज वनाउन ।
११) समाजमा रहेका सक्षम , इमान्दार , क्षमतावान व्यक्तित्वको पहिचान , परिचालन र आत्मसम्मान को ब्यवस्था गर्न ।
१२) सवै खाले विभेदको अन्त्य गर्न ।
१३) आम समुदायको अवस्था बदल्न ।
१४) प्रणालीगत स्वचालित राज्य प्रणाली स्थापित गर्न ।
१५) कुरा मात्र होइन ब्यवहारत: काम गरेर देखाउन ।
१६) सवैको साझा उम्मेदवारी वन्न ।
१७) निरतर नीजि वृताको रूपमा सार्वजनिक पद लाई लिने प्रवृतिको खारेजी गर्न ।
१८) जिल्लाको सर्वाड्गीण वि जिल्लाकाकास गर्न ।
१९) सुसासन , जनताप्रति जवाफदेही प्रणाली गत समाज निर्माण गर्न ।
२०) भुई मान्छेहरूको आत्मसम्मान सहित जीवन स्तर माथि उठाउन ।
२१) जनहित नीति निमार्णमा विशेष योगदान पुर्याउन ।
२२) शहिद वेपत्ता परिवार तथा घाइते अपाड्ग संरक्षण कोष तथा सरक्षण केन्द स्थापना गर्ने ।
२३) जिल्ला का ५०० युवाहरु लाई अनिवाय रोजगरी सृजना गर्ने ।
२४) शिक्षा स्वास्थ र पूर्वाधारमा रणनैतिक एव दिगो लक्ष सहित आमुल परिवर्तनको कार्यक्रम सञ्चालन गर्ने ।
२५) पूर्व जनमुक्ति सेना विदेशियका युवाहरु कोलागि उत्पादन एव औद्योगिक कम्पनी निमार्ण र संचालन गर्ने ।
२६) कालीकोट जिल्ला लाई एग्रो टुरिज्म को रुपमा विकार्स गर्ने ।
२७) विजुलि ‘पानी ‘सडक संचार र यातायात मा दिर्घकालीन समाधान सहित ब्यापक स्तर उन्नती गरिनेछ..