बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने



११ असोज, काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिँदै आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरिएको बताए । आयोगले गत भदौ १३ गते उक्त आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरेको थियो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचारसंहिता जारी गर्ने गरेको छ ।

आचारसंहितामा दलहरु, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायहरुले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ । निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची पेस गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ ।

कालिकोटबाट माओवादीका महेन्द्र बहादुर शाही निर्वाचित

महेन्द्र शाही यो सहित तिन पटक संसद भएका छन् । उनले २०७०, ०७४

गठबन्धनको सूत्रधार मै हो : चित्रबहादुर केसी

उनले भने, ‘मनै प्रतिगमनका विरुद्धमा लागेँ, त्यसैले गठबन्धन बनाउनै अग्रसर भएको थिएँ’, नेता

सत्ता गठबन्धनले षड्यन्त्रपुर्वक टिकट दिइएन- भूपेन्द्र जंग शाही

२०६४ मा हामीले माओवादी संग हारेको, २०७० मा महिले माओवादीसंगै हारेको, २०७४ महिले

एमालेले भोलि घोषणापत्र सार्वजनिक गर्ने

घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी

 सामाजिक सञ्जालमा हामी