‘प्रेम गीत ३’ले पहिलो दिन भारतमा कति गर्‍यो कमाइ?



काठमाडौं । पहिलो पटक एकै पटक १२ सय स्क्रिनसहित विश्वव्यापी प्रदर्शनमा आएको नेपाली फिल्म प्रेम गीत ३ ले भारतमा मात्र १ करोड १२ लाख रुपैयाँ कमाएको छ।

बलिउड हंगामाका अनुसार इन्डो-नेपाली फिल्मले सबैतिर गरी एक दिनमा भारु ४ करोड ८४ लाख अर्थात् नेपाली सात करोड ७४ लाख रुपैयाँ कलेक्सन गरेको छ।

पहिलो दिन भारतमा १ करोड १२ लाख ग्रस कलेक्सन भएको बलिउड हंगामाले जनाएको छ। नेपालमा २ करोड ५ लाख कलेक्सन गरेको फिल्मले बाँकी मुलुकबाट १ करोड ६७ लाख रुपैयाँ संकलन गरेको छ। बलिउड हंगामा भारतीय रुपैयाँका आधारमा ग्रस कलेक्सन रिपोर्ट जारी गरेको हो। फिल्म ६ करोड रुपैयाँमा तयार भएको र ५ करोड प्रवर्द्धनमा खर्च भएको जनाउँदै बलिउड हंगामाले ११ करोड लागतमा फिल्म थिएटरमा पुगेको जनाएको छ। त्यस आधारमा पहिलो दिनको ग्रस कलेक्सनलाई उत्साहजनक रहेको टिप्पणी गरिएको छ।

हिरासिंह र लोकेश गोराल (लाउरे)को “मैना मरेली”

जी नेपाल म्युजिक प्रा.लिको प्रस्तुतिमा हिरासिंहको पहिलो देउडा हुड्केउली "मैला मरेली" रहेको छ

नेपालमा प्रदर्शन नहुँदै ‘प्रेम गीत ३’ को हिन्दी भर्सन लिक

इतिहासमा पहिलो पटक नेपाललाई ‘ग्लोबल मार्केटमा ‘ मा पुर्याउन सफल यस चलचित्रले भारतमा

अन्ततः ‘प्रेम गीत ३’ को हिन्दी भर्सन रिलिजका लागि फुकुवा

वितरक मनोज राठीले विदेशी फिल्मले तिर्दै आएको १५ प्रतिशत विकास शुल्क तिरेर प्रेमगीत

भुवनले बनाएको सल्लाहकार समिति विवादमा

चलचित्र विकास बोर्डको बैठक बिहीबार अबेरसम्म बसेको थियो, जहाँ सल्लाहकार समिति गठनदेखि ‘प्रेमगीत

 सामाजिक सञ्जालमा हामी