तिलागुफामा स्वास्थ्य शिविर



२२ असार, कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–९, १० र ११ मा जिल्ला स्वास्थ्य सेवा कार्यालयले निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट चार सय ७३ जनाले सेवा लिएका छन् ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक डा रत्नवीर सुनारका अनुसार विशेषज्ञ स्वास्थ्य सेवाअन्तर्गत ४३ महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण, ४६ जनाको दाँतको उपचार, २७ जनाको भिडियो एक्स–रे र ६ पुरुषको बन्ध्याकरण गरिएको छ । सो क्रममा ३५० जनालाई औषधि वितरण गरिएको कार्यालयका सूचना अधिकारी कटबहादुर महतले जानकारी दिए ।

स्वास्थ्य शिविरलाई जिल्लाभर अभियानकै रूपमा सञ्चालन गर्ने योजना रहेको महतले बताए । स्वास्थ्य शिविरका सबै प्रकार स्वास्थ्योपचारका सेवा दिने योजना छ । “जनशक्तिले भ्याएसम्म दुर्गम तथा पिछडिएको क्षेत्रमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिनेछ”, महतले भने । रासस

खाली पेटमा भुलेर पनि नखानुस् यी खानेकुरा

सखरखण्ड खानमा निकै मिठो किन नहोस्, तर यो खाली पेटमा खाँदा कत्ति पनि

दूधसँग भुलेर पनि नखानुस् यी खाद्यवस्तु

के के कुरा दूधसँगै खाँदा स्वास्थ्यमा असर पुग्छ भन्ने विषयमा यहाँ चर्चा गरिएको

विर अस्पातालका पाँच स्टाफ नर्सलाई स्वास्थ्य मन्त्रालयले हटायो

उनीहरू लामो समयदेखि कार्यालयमा हाजिर भएका थिएनन्। गोरखापत्रमा सूचना निकालेर बाटोको म्यादबाहेक ३०

थकान र मानसिक स्वास्थ्यः के हो ‘बर्नआउट’, चरम थकान कसरी थाहा पाउने

त्यसो भए तपाईँले कसरी थाहा पाउने थकित भएको तर पूर्ण रूपमा लोथ नभएको

 सामाजिक सञ्जालमा हामी