राजनीति

एमाले सचिवालय बैठक बस्दै

२६ असार २०८१, बुधबार ०२:३४
एमाले सचिवालय बैठक बस्दै

२६ असार, काठमाडौं। नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि आजका लागि सारिएको थियो ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ।कांग्रेस र एमालेबीच सरकारको आलोपालो नेतृत्व, संविधान संशोधनलगायतका विषयमा समझदारी भएको छ।

यही असार १७ गते भएको उक्त सहमति र भावी रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ। यस्तै, बैठकमा पार्टीको २०८१ सालको कार्ययोजनाका विषयमा पनि छलफल गर्ने तयारी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्