समाचार

धान रोपिरहेको बेला चट्याङ लागेर २ महिलाको मृत्यु, १ घाइते

२६ असार २०८१, बुधबार ०२:२८
धान रोपिरहेको बेला चट्याङ लागेर २ महिलाको मृत्यु, १ घाइते

२६ असार, बाँके। बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ। अर्की एक महिला घाइते भएकी छिन्।

राप्तिसोनारी गाउँपालिका-२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा २ महिलाको चट्याङ लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

मृत्यु हुनेमा ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्याय छन् । गम्भीर घाइते भएका दुवैको उपचारका क्रममा ज्यान गएको हो । चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छन् । उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्